नेपालमा कोरोना भाइरस नफैलिएपनि यसको त्रास भने फैलिइरहेको छ । त्यसको प्रभाव बजार, मान्छेको दैनिकीमा प्रत्यक्ष रुपमा परिरहेको छ पछिल्लो सार्वजनिक आँकडा अनुसार नेपालमा १ जनालाई कोरोना भाइरसको संक्रमण भएको र संक्रमितको उपचार भइसकेको छ ।
२१ औं शताब्दीमा दुई ओटा भाइरसहरु देखा परेका थिए जसमा आठ हजार मानिस संक्रमित भएको र ७५० जनाको मृत्यु भएको बताउनुभयो | सन् २००२ मा देखिएको सारस भाइरस नयाँ किसिमको रहेको थियो उक्त भाइरस पनि चीनबाट अरु देशमा फैलिएको उनले बताए | त्यसपछि सन् २०१२ मा नयाँ किसिमको भाइरस देखापरेको थियो जसबाट संक्रमितमध्येबाट ३५% मानिसको मृत्यु भएको डा. अनुप बाँस्तोलाले बताए | २०१९ डिसेम्बर अन्तिमसाता चीनको वुहानबाट कोरोना भाइरसको संक्रमणको सुरु भएको कोरोना भाइरस नेपालमा चीनबाट नेपाल फर्केका एकजनामा कोरोनाको संक्रमण देखिएको र हालसम्म नेपालमा कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएको उनले बताए |
सामान्यतया कोरोना भाइरसली वृद्दवृद्दा, सानो बालबलिका, क्यान्सर, फोक्सोसम्बन्धि रोगी, मुटुका रोगीहरु बढी प्रभावित हुने उनले बताए | त्यस्तै ८० वर्षभन्दा माथिको मानिसहरुको मृत्यु हुनेको दर १४/ १५ %, ७० वर्ष भन्दा माथिका मानिसहरुमा ८ %, ४०- ५० वर्ष सम्मको मानिसहरुको मृत्यु हुनेको दर 0.४ % रहेको साथै जति उमेर बढ्दै गयो त्यस्ता मानिसहरुको मृत्यु हुनेको संख्या बढी रहेको उनले बताए |
कोरोनाका लक्षणहरु :
रुघाखोकी,
सामान्य ज्वरो आउनु,
फ्लु, शासप्रस्वाशमा समस्या आउनु
कोरोनाबाट बच्ने उपायहरु :
१.बारम्बार सावुनपानीले हात धुने, अथवा स्यानिटाइजरको प्रयोग गरिने |
२.खोक्दा वा हाछिउ गर्दा टिशू पेपरको प्रयोग गर्ने |
प्रयोग गरेको टिशु पेपर डस्विनमा फाल्ने र फेरी सवुना पानीले हात धुने |
३. यदी टिशु पेपर नभएमा रुमालको प्रयोग गर्ने एक चोटी प्रयोग गरिसकेपछि उक्त रामललाई राम्रोसँग धोएर मात्र पुनः प्रयोग गर्ने |
४. सम्भव भएसम्म भिडभाडमा नजाने |
५. माछामासु राम्रोसँग पकाएर मात्र खाने |
६. रुघाखोकी, फ्लु जस्ता ज्वरो आएमा तुरुन्त अस्पताल जाने |
गत डिसेम्बर अन्तिमसाता चीनको वुहानबाट कोरोना भाइरसको संक्रमणको सुरु भएको हो | कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वभर नै भयवहरुपमा फैलदै गरेको कोरोना भाइरसका कारण विश्वभरमा ४ हजार ३७ जनाको मृत्यु भइसकेको छ । १ लाख १४ हजार ४२२ जनामा संक्रमण फैलिएको छ |
बिरामी र मृतकको सर्वाधिक सङ्ख्या चीनको छ । चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएको छ । चीनपछि इरान सबैभन्दा बढी कोरोना सङ्क्रमण भएको देश हो ।
कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्व प्रभावित भएको छ। दिनहुँजसो प्रकाशित हुने यससम्बन्धी समाचारले झनै हामीलाई चिन्तित बनाएको छ।
यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले थप विचलित बनाइदिन सक्छ।
यस्तो बेला हामीले आफ्नो मानसिक स्वास्थ्यको कसरी ख्याल गर्ने ? कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले मानसिक स्वास्थ्यको हेरविचार गर्न सल्लाह दिएको छ। यो कदमलाई धेरैले स्वागत गरेका छन्।
ब्रिटिश परोपकारी संस्था एङ्जाईटी यूकेका निकी लिड्बेटरका विचारमा अनियन्त्रित हुने र अनिश्चितता खेप्न नसकिने हो कि भन्ने अवस्थाको भयले मानिसको चिन्तासम्बन्धी मानसिक समस्यालाई अझै गम्भीर बनाइदिन सक्छ।
त्यसैले अहिले चिन्ताजन्य मानसिक समस्या भोगिरहेका धेरैले अहिलेको अवस्थामा विभिन्न चुनौतीको सामना गरिरहेका छन्। यस्तो बेला आफ्नो मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने?
१. समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार पुर्याउनुहोस्।
आफूले पढिरहेको वा हेरिरहेको सामग्रीले तपाईँलाई राम्रो अनुभव भइरहेको छ कि छैन विचार गर्नुहोस्। समाचार हेर्ने र पढ्ने कुनै वैज्ञानिक समय रोज्नुहोस्।
विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस्। किनभने यस्तोबेला धेरै मिथ्या समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी र स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस्
२. समाजिक सञ्जालबाट टाढै बस्नुहोस् र चिन्ता बढाउने सामग्री बन्द गरिदिनुहोस्
ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा चिन्ता बढाउने सामग्री प्रकाशन गर्ने खाता पछ्याउन छोडिदिनुहोस्। तिनलाई म्यूट वा अन्फलो गरिदिनुहोस्
भाइबर र ह्वाट्स्यापमा अरू पठाउने चिन्ताजनक लाग्न सक्ने सामग्रीलाई शान्त वा म्यूट गरिदिनुहोस्। तिनलाई बन्द गरिदिनुहोस्।सामाजिक सञ्जालबाट टाढै बसेर मानसिक शान्ति पाएका धेरै मानिस हाम्रो समाजमा छन्। यो बेला तिनको अनुसरण गर्नुहोस्।
३. हात धुने गर्नुहोस्, तर अति नगर्नुहोस्
ओसीडीजस्ता मानसिक समस्या भएका मानिस अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण त्रसित भएको पाइएको छ। बारम्बार हात धोइराख्न सल्लाह दिइयो भने उनीहरूलाई झर्को लाग्न सक्छ।उनीहरूलाई एक्लै राख्नु पनि उचित हुँदैन। त्यसैले मानसिक समस्या भएका मानिसको अवस्था विचार गरेर सावधान हुन सिकाउनुहोस्।
४. अरू मानिससँग सम्पर्क गरिराख्नुहोस्
आउने दिनमा धेरै मानिस एक्लै बस्ने अवस्थामा पुग्न सक्छन्।त्यसैले आफूलाई मन पर्ने र माया गर्ने मानिसको टेलिफोन नम्बर र अन्य सम्पर्कको सूची बनाउनुहोस्।
एकान्तवास गर्नुपर्ने अवस्थामा पनि कुनै दैनिकी बनाएर त्यसैअनुसार चल्ने गर्नुहोस्। प्रत्येक दिनमा विविधता होस् भन्ने प्रयत्न गर्नुहोस्।
५. तर आफूलाई धपेडी हुने काम नगर्नुहोस्
कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिने क्रम जारी रहँदा आफूलाई अतिव्यस्त राख्ने वा थकाउने समय कम गर्नु आवश्यक हुन्छ। शान्त रहनुहोस्। माइन्ड नामक मानसिक स्वास्थ्यसंस्थाले यस्तो बेला मानिसहरूलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने सुझाव दिएको छ।