नेत्र विक्रम चन्द “विप्लव”नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा कतारका असन्तुष्टपक्षले साजन गुरुङ को अध्यक्षतामा २६ सदस्यीय नयाँ छुट्टै समानान्तर समिति गठन गरेको छ। सो समितिको वरिष्ठ उपाध्यक्ष बेद बोहरा, उपाध्यक्ष दिपक के सि
, उपाध्यक्ष गोमा थापा ( महिला प्रमुख ), महासचिव विवेक मल्ल, कोषाध्यक्ष मनमोहन सिंह
, सह कोषाध्यक्ष सुजक अर्याल, प्रथम सचिव ज्ञानेन्द्र राज भारती, बरिष्ठ सचिव जस:ब बोगटी र उपसचिव सुवास गिरि छन्।
त्यस्तै बुद्धिजीवी मोर्चामा विवस लिम्बु, प्रबक्ता राजेन्द्र लिम्बु र सङठन बिभाग प्रमुखमा बिबस जिम्बा तोकिएको छ। समानान्तर समितिको सदस्यहरुमा भुपेन्द्र घर्ती, देब बहादुर बिस्ट, भक्त बहादुर घर्ति, प्रेम बहादुर चन्द, सन्तोष गजुरेल, कृष्ण राज गिरि, निरु श्याङ्तान, मनसरी घर्ती, तेजमान वाइवा, राजु बिस्वकर्मा , बाबू कृष्ण गिरि, प्रकाश रसाइली र जित क्षेत्री गुल्मेली रहेका छन्।
नेपाली जनप्रगतिशील मोर्चा कतारको नेतृत्वमा देखिएको एकाधिकार प्रवृतिले पार्टी र संगठन धरासायी हुने खतरा रहेको उल्लेख गर्दै संगठनभित्र उब्जिएका गंभिर समस्यालाई समाधान गर्न पटक-पटक आग्रह गर्दा बेवास्ता गर्दै नेतृत्वले धम्कीपूर्ण शैलीमा प्रस्तुत भएकाले समानान्त समिति गठन गर्न बाध्य भएको समान्तर समितिले जारी बिज्ञप्तिमा उल्लेख छ।
समानान्तर समितिले पार्टी र क्रान्ति प्रति निष्ठावान इमान्दार कामरेडहरुलाई नेतृत्वले आग्रह पुर्बाह्ग्रह ढंगबाट एकलौटी निर्णय लिई कारबाहीगरि निष्कासन गरेको , नेतृत्वमा एकाधिकार, अहंकार, हैकमवादी शैली र गुटगत चिन्तनबाट माथि उठ्न नसक्दा पार्टी र संगठन प्रति बफादार योद्दाहरूको राजनीतिक जिबन नै सिध्याउने हर्कत भएको, संगठन भित्र आर्थिक लापरबाही र अपारदर्शीता देखिएको आरोप लगाएको छ । त्यस्तै संगठनका जिम्मेवार पधाधिकारीहरुले राखेका प्रस्तावहरुलाई पुरै उपेक्षा गर्ने र नेतृत्वले संकीर्ण दृष्टिकोणले बुझ्ने गरेको, संगठनबाट ३ महिने निस्कासन गरिए पनि दुईबर्ष पूरा हुदा पनि मध्यपुर्व पार्टीलाई सम्पर्क गर्दा पनि सम्पर्क गर्न नचाहेको र नेतृत्वको हैकमबादी अबसरबादी एकात्मकशैलीलाई बारम्बार सङठनको तर्फबाट सुध्रिन आग्रह गर्दा उल्टै पुर्बाहग्रह बनि कारबाहीमा उत्रिएको आरोप पनि समानान्तर समितिले लगाएको छ ।
यसैबीच नेपाली जनप्रगतिशिल मोर्चा कतारका अध्यक्ष जयकिशोर पोद्दारलेले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी समानान्तर समितिको नाममा केहि व्यात्तिहरुले नेतृत्वमाथि प्रहार गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले समानान्तर समिति गठन गरिएकोप्रति टिप्पणी गर्दै ,” पुर्वाग्रही तरिकाले नेतृत्व माथि प्रहार गर्दै छुट्टै जमात खडा गरि समानान्तर समितिको नाम दिएर मोर्चा माथी गरिएको प्रहार” भनेका छन्।
विज्ञप्तिमा भनिएको छ, “सहि व्यक्तीहरुले संगठनलाई अगाडि बढाउदै निरंतरता दिन्छ्न। तर समानन्तर समिती गठन गर्ने धम्किपुर्ण अभिव्यक्ति दिदैमा समानान्तर समिती गठन गरेर जान सकिन्छ भन्ने भ्रम कसैमा छ भने त्यो भ्रममा मात्र सिमित रहनेछ ।”
संगठनभित्र केहि असन्तुष्टि भए छलफल गर्न सकिनेमा त्यसलाई वेवास्ता गर्दै बिरोध मात्र गरिरहने व्यबहारले आफै अरु राजनीतिक संगठनबाट परिचालित भएर संगठनलाई नै धरासायी बनाउन लागि परेको आरोप पनि विज्ञप्तिमार्फत समानान्तर समितिलाई लगाइएको छ।
समानान्तर समितिको नेतृत्वमा रहेकालाई मोर्चाको गोपिनियता भंग गरेका, गोप्य बिषयहरुलाई बिरोधी संगठनका ससदस्यसम्म पुर्याएका, सिंगो मोर्चालाई नै धरासायी बनाउने भुमिका खेलेका, व्याक्तिगत स्वार्थ पूरा गर्न मोर्चालाई प्रयोग गर्न खोजेका, मोर्चाका योजनाहरुलाई बिफल बनाउन प्रमुख भुमिका खेलेका, नेपालमा कारवाहीमा परेका सदस्यहरुबाट संचालित भएका लगायतका गतिविधि गर्दै आएका कारण मोर्चाले यसअघि नै कार्वाही गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा केहिलाई जानकारी समेत नदिएको र स्वदेश फर्किसकेका व्याक्तिहरुको नाम राखेर सँख्यात्मक गुट निर्माण गरि सिङ्गो मोर्चासँग सम्झौता गर्ने सोचले अगाडी बढे पछि मोर्चाले यस्तो कार्य गलत भएको भन्दै सचेत गराईरहेको थियो ।
विज्ञप्तिमा भनिएको छ, नेपाली जनप्रगतिशिल मोर्चा कतारका पदाधिकारी, सदस्य, शुभ चिन्तकहरुमा तथा सम्पुर्ण संचारकर्मी साथिहरुलाई यस्ता कुनै पनि भ्रमको खेती गर्नेहरुको पछि नलाग्न अनुरोध गर्दै साजन गुरुङ नेतृत्वमा निर्मित गुटमा रहेका सम्पुर्ण सदस्यहरुलाई मोर्चाको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको समेत जानकारी गराउदै गराउदछौँ ।