बलिउड अभिनेता धर्मेन्द्रले गएको फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेबाट सञ्चालनमा ल्याएको रेस्टुराँ ‘ह म्यान’ सिल गरिएको छ । हरियाणाको करनाल नगर निगमले अभिनेता धमेन्द्रको रेस्टुराँ सिल गरेको हो । सो रेस्टुराँ करनाल सहरको बाहिरी क्षेत्रमा सञ्चालनमा आएको थियो ।
इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार नगर निगमले रेस्टुराँमा निर्माणसम्बन्धी कमी फेला परेपछि सिल गर्ने आदेश दिएको छ । करनालका डेपुटी कमिस्नर निशान्त यादवले प्रशासनका तर्फबाट रेस्टुराँलाई दुई पटक सूचना दिए पनि कुनै जवाफ नआएपछि सिल गर्ने निर्णय गरिएको बताएका छन् ।
उक्त निर्णयपछि हरियाणा सरकारले राज्यमा भएका सबै व्यावसायिक प्रतिष्ठानलाई सर्भेको आदेश पनि दिएको छ ।
उक्त रेष्टुरेन्टको उद्घाटनको मौकामा धर्मेन्द्रले आफ्नो सोसल मिडियामा लेखेका थिए, ‘गरम धरम ढाबाको सफलतापछि अर्को एउटा रेष्टुरेन्ट खोलिरहेका छौं – हि म्यान ।’ एजेन्सी