हत्यारा साल्ट ट्रेडिङ पोखरामा जागिरे !

हत्यारा साल्ट ट्रेडिङ पोखरामा जागिरे !


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ पुष २०७३
  • 12.6K
    Shares

साल्ट ट्रेडिङ पोखरा

 

साथीको हत्या गरेर फरार रहेका एक व्यक्ति १० बर्षपछी साल्ट ट्रेडिङ पोखरा शाखामा खरिदारका रुपमा काम गर्दै गरेको अबस्थामा पक्राउ परेका छन् l पक्राउ पर्ने व्यक्ति दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ रहेका छन् l उनीसहित ६-७ जनाको टोलीले ३२ असार २०६३मा उनले गुल्मी शान्तिपुर धुँवाकोटका वैकुण्ठ रानामगरको हत्या गरेका थिए । उनीसहति  व्यक्ति मिलेर मगरको हत्या भएको थियो ।

उनलाई कास्की प्रहरीको सहयोगमा महानरीय अपराध महाशाखाले पक्राउ गरेको हो । दश वर्ष अगाडि भएको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका श्रेष्ठ साल्ट ट्रेडिङ पोखराका जिन्सी प्रमुख हुन् ।

प्रहरीका अनुसार २०६३ असार ३२ गते गुल्मी शान्तिपुर धुवाकोट-९ स्थायी घर भई सामाखुसी बैकुण्ठ पुनको फलामको पाताले हानेर हत्या गरिएको थियो । घटना हुनु केही अघि पुन र रामबहादुर थामीबीच झगडा भएको थियो ।

लगतै प्रकाशसहितको टोलीले रानीवारी चोकमा भेटेर पुनमाथि फलामको रड प्रहार गरेका थिए । घटनापछि भागेर मकवानपुर पुगेका प्रकाशको समूह केही समयपछि काठमाण्डौं बोराटारमा बस्न थाले ।

प्रकाश भन्ने मिलन श्रेष्ठले मिति २०६६ सालमा साल्ट ट्रेडिङ पोखराका जिन्सी प्रमुख १० वर्ष पुरानो हत्याकाण्डमा समातिएमा खरिदारको पदमा जागिर खाए । सुरूमा वाग्लुङ गएका उनी अहिले  हाल साल्ट ट्रेडिङको अंचल कार्यालय कास्कीमा जिन्सी प्रमुखको रुपमा कार्यरत थिए ।

 

 

प्रतिक्रिया