कार्यकक्षमै सेवाग्रहीलाई बलात्कार गरेको अभियोगमा डिएसपी खिउजु पक्राउ

कार्यकक्षमै सेवाग्रहीलाई बलात्कार गरेको अभियोगमा डिएसपी खिउजु पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 3.1K
    Shares

राजकुमार खिउजू

कार्यकक्षमै सेवाग्राहीलाई बलात्कार गरेको अभियोगमा नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजू पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पाटन अस्पतालमा खिउजुको स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखेको जानकारी दिए ।

तात्कालिन अवस्थामा महानगरीय प्रहरी वृत्त, चापागाउँ प्रमुख रहेका डिएसपी खिउजुले प्रहरी रिपोर्ट बनाउन पुगेकी एक महिलालाई २०७५ साल माघ ३० गते  सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ । त्यसपछि कारबाहीको लागि प्रहरी प्रशासनमा पुग्दा आफुलाई उल्टै मार्ने धम्की दिएको पिडितको भनाई छ । फरार रहेकै अवस्थामा उनले जाहेरी फिर्ता लिन भन्दै पीडितलाई धम्की समेत दिएका थिए ।

प्रतिक्रिया