एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद अकल बहादुर रावल पक्राउ परेका छन् ।
कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २.क. बाट निर्वाचित नेकपाका प्रदेश सांसद रावल प्रहरी कार्यलयमा पुगेका बेला पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलालाई उनले बलात्कार प्रयास गरेको आरोप लागेको छ । ती महिलाको उजुरी परे पछि प्रहरीले रावलको खोजी शुरु गरेको थियो ।
उनी प्रहरीमा उपस्थित भए लगत्तै प्रहरीले पक्रेर हिरासतमा राखेको थियो ।
उनलाई जबरजस्ती करणी प्रयास मुद्दामा अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ । गत माघ २१ गते उनले बलात्कारको कोशिस गरेको भनी उजुरी परेको छ ।