प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवालाई सात दिन हिरासतमा राख्न प्रशासनको अनुमति

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवालाई सात दिन हिरासतमा राख्न प्रशासनको अनुमति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ फाल्गुन २०७६
  • 4.7K
    Shares

प्रहरीको गिरफ्तारीमा परेका रतन तिरुवा

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको भनिएका जुम्लाको सिन्जा निवासी रतन तिरुवालाई सात दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। उनलाई अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ।

राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि सोही कार्यक्रममा सहभागी रतन तिरुवाले आवेशमा आएर जुत्ता हानेको बताइएको छ। उनले प्रचण्डलाई जुत्ताले हाने लगत्तै पक्राउ परेका थिए ।

उपत्यकामा हुने विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना सदस्य छन् ।

समितिले प्रकरणबारे छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउनेछ ।

प्रतिक्रिया