कोरोना भाइरसको प्रकोपकाकारण भ्रमण वर्ष २०२० स्थगित

कोरोना भाइरसको प्रकोपकाकारण भ्रमण वर्ष २०२० स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ फाल्गुन २०७६
  • 4.5K
    Shares

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए।

सगरमाथा संवाद’ स्थगित
यस्तै आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको थियो।

पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्वतयारीका कार्य सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो। नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले एक हप्ताभित्र संक्षिप्त प्रतिवेदन तयार गरी पेश गर्न निर्देशन दिइएको छ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि वैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशील समूहले देशगत सूचनाहरु अध्यावधिक राखी आवश्यक आन्तरिक तयारी गर्ने निर्णय पनि गरेको थियो।

प्रतिक्रिया