प्रगतिशील साहित्यकार एबम कबि बि पि बिद्रोही ११ दिन लामो हिरासत बसाई पस्चात आइतबार हिरासतमुक्त भएका छन्।
उनको पक्षबाट परेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्बोच्च अदालतका माननीय न्यायाधीशद्वय मिरा खडका र कुमार रेग्मीको संयुक्त इजलासले विद्रोहीलाई निर्दोष साबित गर्दै रिहाइ गर्न आदेश दिएपछि उनी हिरासतमुक्त भएका हुन्।
पिडित बिपी विद्रोहीको पक्षबाट बरिष्ठ अधिबक्ता एकराज भण्डारी तथा अधिबक्ताहरु कपिल चन्द्र पोख्रेल , सन्तोष कोइराला , चिरञ्जीवी ढकाल , नारायणप्रसाद तिवारी ,सम्भुराज आचार्य , कान्तिराम ढुंगाना लगायतले बहस गरेका थिए।
