नेपालमा सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्नका लागि भन्दै नेपालमा रहेका आम क्रान्तिकारी शक्तिहरुको मनमा वर्गसंघर्षको चेत खुलाउने महान दश वर्षे जनयुद्धका तात्कालिन कमान्डर प्रचण्डले वर्ग संघर्षको नीति त्यागेर वर्ग मिलनको नीति अपनाउदै सर्वहारावर्गलाई धोखा दिएको अनुभूति गरेका जनयुद्धका एक शहिद्पुत्रले आज प्रचण्डलाई जुत्ता प्रहार गरेका छन्।

महान जनयुद्धका क्रममा तात्कालिन राज्यपक्षद्वारा हत्या गरिएका तात्कालिन जनमुक्ति सेनाका प्लाटुन सदस्य जुम्ला जिल्लाको सिंजा घर भएका मोहन तिरुवा ‘मनु’का पुत्र रतन तिरुवाले आज प्रचण्डमाथि जुत्ता प्रहार गरेका हुन्। उनका बुबा मोहन तिरुवालाई तात्कालिन शाही नेपाली सेनाले जनयुद्धका क्रमम २०५६/५७ मा हत्या गरेको थियो।
सत्तारुढ नेकपाका नेता भरतमोहन अधिकारीको रास्ट्रिय सभामा आयोजित प्रथम स्मृति सभामा सम्बोधन गरेर आफ्नो कुर्चीमा बस्न जाँदै गर्दा दर्शक दिघामा बसेका सहीदपुत्र रतन तिरुवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका थिए। तर त्यो जुत्ता प्रचण्डसम्म पुग्न पाएन। त्यस लगत्तै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको ने.क.पा.का कार्यकर्ता रहेको आशंका गरिएका तिरुवालाई सुरक्षाकर्मीले तुरुन्त आफ्नो नियन्त्रणमा लिएका थिए।

प्रहरीले नियन्त्रणमा लिएर सभा हलबाट बाहिर ल्याउदै गर्दा उनलाई प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले अगाडि र पछाडिबाट लातले हानेका थिए भने नाम नखुलेका अर्को एक जनाले पनि तिरुवामाथि हातपात गरेका थिए ।
सुर्खेतमा अमिन पढेका २२ वर्षीय तिरुवा हाल लोक सेवा आयोग तयारीका लागि ललितपुरको डल्लुमा बस्दै आएको बताइएको छ। प्रहरीका अनुसार, तिरुवाका कान्छा बुबा चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जुम्ला इञ्चार्ज हुन् । काठमाण्डौको वसुन्धाराबाट केही सम अघि हतियारसहित पक्राउ परेक नेता रविकिरण अदालतबाट धरौटीमा छुटेका थिए।
हाल महानगरीय प्रहरी वृत सिंहदरबारको प्रहरीको हिरासतमा राखिएका रतन तिरुवाले सर्वहारावर्गलाई धोखा दिएर वर्ग मिलनको नीति लिएका प्रचण्डले वर्गसंघर्षको भाषण गरेको देखेर आबेगमा आई आफुले जुत्ता प्रहार गरेको बताएका छन्।
महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएका तिरुवातको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले बताए।
आक्रमणकारी तिरुवा शहीद परिवार नभएको सत्तारुढ नेकपाको दाबी
यसैबीच नेपाल कम्युनिष्ट पाटी (नेकपा) जुम्लाले प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा सहिद परिवार र नेकपाको समर्थक नभएको जनाएको छ। नेकपा जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले आइतबार प्रेस विज्ञप्ति निकालेर प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्ला सिँजा घोड्यांगा गाउँका रतन तिरुवा जुम्लामा पनि पटक- पटक अराजनीतिक कार्यमा संग्लन रहेको र नेपाल प्रहरीले पनि खोजी रहेको व्यक्ति भएको बताएका हुन्।
विज्ञप्तिमा भनिएको छ,‘जति निन्दा गरेपनि नपुग्ने यो अराजनैतिक उदण्ड, आंतककारी कार्यमा संलग्न जुम्ला सिँजा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै सहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म होइन।यो विप्लव समूहको गतिविधिमा रहेको ब्यक्ति हो।’
रतनका वुवा प्लाटुन सदस्य थिए, सहिदको विरुद्ध बिज्ञप्ती निकाल्ने निच हो
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालका केन्द्रिय सदस्य भाष्कर मल्लले तिरुवालाइ सहिद पुत्र होइनन् भन्नेहरु सामाजिक कलन्क भएको धारणा राखेकाछन । आज राष्ट्रिय सभागृहमा प्रचण्ड माथी भएको जु’त्ता प्र’हारको बारेमा प्रतिक्रिया दिएकाहुन । उनले सत्तारुढ दल नेकपा जुम्लाले निकालेको बिज्ञप्तीलाइ झोलेहरुको हर्कत भएको तर्क गरेकाछन । मल्लले सामाजिक सन्जाल फेसबुकमा स्टाट्स अप्लोड गर्दै उक्क्त कुरा सार्वजनिक गरेकाछन ।
भाष्करको भनाइ जस्ताको तस्तै
प्लाटुन एफजिएल स’हिद मुन तिरुवा लाई स’हिद होइनन् भनेर विज्ञप्ति फाल्ने प्रचण्डको झोले कोहो ?
१.विर बहादुर कुवर जनयु’द्धको बेला हाम्रो महासचिव विप्लव को झोला बोक्ने काम गर्थे त्यही सिलसिलामा एक दिन हिड्दै जादा बाटोमा रात पर्यो र त्यो रात गोठमा सुत्नुपर्ने भयो अनि रातमा महासचिव विप्लव जतिबेला निदाउनु भयो त्यतिबेला मौका छोपेर मकै बारिमा गएर जनताको मकै भाचेर चोेेेरेर खाए अनि महासचिव विप्लव ले पछि थाहा पाएपछि नराम्ररी झपार्नु भयो र बोटमा ५० रुपैयाँ राख्न लगाउनु भयो जो अहिले प्रचण्ड केपि प्रालिको कम्पनी जुम्लाको अध्यक्ष छ ।
२.जसले जनयु’द्ध ज्यान गुमाएको छ र उनको परिवारले शान्ति समिति बाट दस लाख राहत पाइसकेकाे छ उसलाई स’हिद होइनन् भन्ने एमालेकाे पार्टीमा शरणार्थी भएको हरु लाज लाग्दैन भोलि १७ हजार मान्छे हरु जो जनयु’द्ध अर्थात आमुल परिवर्तनको बाटोमा हिड्दा ज्या’न गु’माए उनिहरु जनयु’द्धको स’हिद होइनन् भनेर विज्ञप्ति फाल्दै हिड्न पछि नपर्ने यस्ता चो’रहरुलाई के थाहा श’हिदको अर्थ यो वीर बहादुर कुवर भन्ने मान्छेको नाममा क’लङ्कलाई अलिकति पनि ला’ज लागेन हुन त जो मान्छे बिचार,सिद्धान्त को मुल्य मान्यता बाट भाग्छ यसलाई के थाहा स’हिद परिवार घा’इते अ’पांगको स’मस्या अनि विज्ञप्ति पनि कस्तो निच सोचको फालेको छ हिजो जनयु’द्धको बेला कांग्रेस एमालेले फालेको जस्तो यस्ता त कम्युनिस्ट रे छि’छि….. जुत्ता मात्रै होइनन् गोलि हाने पनि कमै हुन्छ…