बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भक्तपुरका दुई जना पुर्व जिल्ला सेक्रेटरीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ। प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा कालिकोटको रुक्सा गाउँपालिका-४ घर भई भक्तपुर बस्ने कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका–५, जुगार घर भई भक्तपुर बस्ने बुद्धिलाल पुन रहेका छन्। उनीहरु दुवै नेपाल कम्युनिस्ट पार्टी भक्तपुरका पुर्व सेक्रेटरी भएको दाबी प्रहरीले गरेको छ।
उनीहरुलाई कहाँबाट कस्तो अवस्थामा गिरफ्तार गरिएको हो भन्ने वारेमा प्रहरीले स्पस्ट जानकारी नदिए पनि शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा सोधपुछका लागि प्रहरीलाई उनीहरुले प्रहरी कर्मचारीलाई गाली गलौज गरेकोकारण गिरफ्तार गरिएको भनेको छ। उनीहरुको गिरफ्तारीका बारेमा भने बिप्लव नेतृत्वको ने.क.पा.ले कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन।
उनीहरुलाई प्रहरीले मुलुकी फौजदारी अपराध संहिता ०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहार मुद्दा चलाएको छ ।