बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ ले बैज्ञानिक समाजवादमा मात्र महिला र पुरुषबिचको विभेद अन्त्य हुने दाबी गरेका छन्।
अखिल नेपाल महिला संघ क्रान्तिकारी कैलालीको दाेश्राे जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता पुनले यस्तो दाबी गरेका हुन्। उनले नेपालमाअब छिट्टै बैज्ञानिक समाजवाद स्थापना हुने आंकलन गर्दै सम्पुर्ण उत्पिडित र श्रमिक महिलाहरुलाई समाजवादी क्रान्तिकाे बाटोमा अघि बढ्न आव्हान गरे। दलाल पुजीवादीहरु एकपछि अर्को असफलताको दलदलमा फस्दै गएको टिप्पणी गर्दै उनले एकीकृत जनक्रान्ति भने सफलतापूर्वक अघि बढिरहेको जिकिर गरे।
सो अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सेतीमहाकाली इन्चार्ज पुर्णिामा , केन्द्रीय सदस्यहरु पार्वती सिह, ममता सुर्खेती, पबित्रा बिक, ने.क.पा. कैलालीका इन्चार्ज प्रशान्त , सचिव करण, अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य बबरजंङ सिह, दलित मुक्तिमोर्चाका जिल्ला अध्यक्ष मधुसूदन लगायतका बक्ताहरुले सम्मेलन सफलताको शुभकामना सहित निर्वाचित नयाँ कमिटीलाई बधाई दिएका थिए ।

माेनिकाकाे अध्यक्षता भएको सो सम्मेलनको उद्घाटन कार्यक्रममा स्वागत माेतिकलाले गरेकी थिइन भने कार्यक्रम संचालन सृष्टिले गरेकी थिइन।
यसैबीच सो सम्मेलनले सृष्टिको अध्यक्षतामा अखिल नेपाल महिला संघ क्रान्तिकारी १५ सदस्यीय जिल्ला कमिटी कैलाली निर्वाचित गरेको छ । सोही अवसरमा लामो समय जेल र प्रहरी हिरासत जीवन बिताएर छुटेका बिभिन्न नेता तथा कार्यकर्ताहरुलाई सम्मान पनि गरिएको थियोे ।