शहिदहरुको सपना पूरा गर्ने महान अभियानमा लामबद्ध हुन बिप्लवको आव्हान

शहिदहरुको सपना पूरा गर्ने महान अभियानमा लामबद्ध हुन बिप्लवको आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 5.7K
    Shares

ने.क.पा. महासचिब बिप्लवको फागुन १४ को प्रेस बिज्ञप्ति

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सहिदहरुको सपना पूरा गर्ने महान अभियानमा लामबद्ध हुन सबैसँग अपिल  गरेका छन्।  शहिद सप्ताह शुरु भएको दिन बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै महासचिब बिप्लवले यस्तो अपिल गरेका हुन्।

उनले सोही विज्ञप्तिमार्फत जनयुद्धका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै सहिदको सपना पूरा गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

काण्डै काण्डमा मुछिएको ओली सरकारले पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरेको टिप्पणी गर्दै उनले शान्ति प्रक्रियामा आएपछि सहिदहरुरुप्रति विश्वासघात भएको त्यस बिज्ञप्तिमार्फत आरोप लगाएका छन्।

जनयुद्धका सहिदहरुको रगतमाथि एकीकृत जनक्रान्तिका महान सपुतहरुको रगत मिसिएको कुरा उल्लेख गर्दै उनले आफुहरुले इतिहासलाई उच्च राखेको दाबी गरेका छन्।

महासचिव बिप्लवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘काण्डै काण्डमा मुछिएको वली सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरी राखेको छ । तर, हामीलाई विश्वास छ यी तत्वहरु फोहोरको डङ्गुरमा पुग्नेछन् अथवा हामी सहिदहरुको सपना पूरा गर्ने महान अभियानमा लामबद्ध हुन सबैसँग अपिल गर्दछौं र यसकोलागि आफ्नो प्रतिबद्धतासमेत जाहेर गर्दछौं ।”

शहिद सप्ताहको पहिलो दिन ने.क.पा. महासचिव इप्लाब्द्वारा जारी बिज्ञप्ति
शहिद सप्ताहको पहिलो दिन ने.क.पा. महासचिव बिप्लवद्वारा जारी बिज्ञप्ति

प्रतिक्रिया