आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारीको बिरोध गर्दै नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीले फागुन १४ गते आम शैक्षिक हड्ताल घोषणा गरेको छ।
आफ्ना केन्द्रीय अध्यक्ष चिरन्जिबी ढकाल र कोषाध्यक्ष नरेन्द्र बिक लगायतका नेता तथा कार्यकर्ता गिरफ्तार गरेको बिरोधमा केन्द्रीय उपाध्यक्ष भट्टराइले एक प्रेस बिज्ञप्ति जारी गर्दै फागुन १४ गते आम शैक्षिक हड्ताल घोषणा गरेका थिए ।
क्रान्तिकारीले ढकाल लगायत सरकारद्धारा गैरन्यायिक रुपमा गिरप्तार गरिएका सबै विद्यार्थी नेता तथा कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको जनाएको छ ।
यसै बीच अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष प्रकाश बास्तोलाले पनि एक प्रेस बिज्ञप्ति प्रकाशित गरी आम शैक्षिक हड्ताल सफल पार्न अपिल गरेका छन्।
उनले कास्की जिल्लाका सम्पूर्ण शैक्षिक जिल्लाका सामुदायिक तथा निजी शैक्षिक सस्थाहरु बन्द गरेर आम शैक्षिक हड्ताल सफल पार्न अनुरोध गरेका छन्।
क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जिबी ढकाललाई यही फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरिरहेका बेला प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेकोमा उनी आज रिहा भएका छन् भने केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकलाई प्रहरीले मानसिक तथा शारीरिक यातना दिएर प्रहरी हिरासतमा राखेको छ ।
