चर्चित लेखक तथा साहित्यकार बि.पि.विद्रोही पक्राउ

चर्चित लेखक तथा साहित्यकार बि.पि.विद्रोही पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ फाल्गुन २०७६
  • 5.4K
    Shares

बिपि बिद्रोही

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ता भएको आरोपमा प्रहरीले युवापुस्ताका चर्चित लेखक तथा साहित्यकार बिपि बिद्रोही पक्राउ परेका छ्न । काठमाडौंस्थित कालिमाटीबाट उनलाई सोधपुछको लागि भन्दै प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

ने.क.पा. समर्थित अखिल नेपाल जन सास्कृतिक महासघंका केन्द्रिय सदस्य समेत रहेका उनको साथबाट केही थान किताब र कविता बरामद भएको प्रहरीले बताएकाे छ ।

समकालीन समयका कवि तथा गजलकार बिद्रोही निकै सशक्त प्रगतिशील साहित्यकार हुन।उनको आँधी हुरि गजल सङ्ग्रह निकै चर्चित रहेकाे छ ।

प्रतिक्रिया