गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका रौतहट जिल्ला इन्‍चार्ज पटेललाई गोलि हानि पक्राउ

गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका रौतहट जिल्ला इन्‍चार्ज पटेललाई गोलि हानि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ फाल्गुन २०७६
  • 4.3K
    Shares

कामेश्‍वर पटेल

जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका रौतहट जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेललाई प्रहरीले मंगलबार राति गोली हानेर घाइते बनाई पक्राउ गरेको छ।

रौतहटको मौलापुर–८, सोनरनिया घर घएका पटेल धन्सार–जैगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा राति करिब ९ बजे प्रहरीले उनलाई गोली हानेको थियो।  प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाहीस्वरुप उनलाई गोली हानिएको प्रहरीले दाबी गरेको छ। चन्द्रपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि पटेललाई वीरगन्ज लगिएको छ ।

 बारा प्रहरीले पिछा गर्दै आएका पटेलको बायाँ खुट्टामा दुई वटा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पटेलले बोकेको एक थान पेस्तोल र चार राउण्ड गोली बरामद गरेको छ ।

जिल्लाभित्र चन्दा, अपहरण, हत्याका घटनामा पटेल संलग्न रहेको प्रहरीको भनाइ छ । भूमिगत संगठनको नाममा आतंक मच्चाउँदै आएका पटेलमाथि दर्जनौं मुद्दा रहेको एसपी रविराज खड्काले जानकारी दिए । प्रहरीका अनुसार उनले चन्दा माग्दा नदिने व्यापारी र अन्यलाई अपहरण गर्ने र गोलीसमेत हान्‍ने गर्थे ।

प्रतिक्रिया