दुर्घटनामा घाइते नेपाली सेनाका मेजर सिलवालको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते नेपाली सेनाका मेजर सिलवालको उपचारकै क्रममा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ फाल्गुन २०७६
  • 4.3K
    Shares

मेजर ईश्वर सिलवाल

गत बुधबार सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका नेपाली सेना सिमखर्क ब्यारेकमा कार्यरत मेजर ईश्वर सिलवालको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते बनेका ३५ वर्षीय मेजर सिलवालको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको हो ।

सल्यानको कपुरकोट गाउँपालिकाको चोरखोलामा गत बुधबार सिमखर्कबाट दाङ जाँदै गरेको लु १ त १२३ नम्बरको नेपाली सेना सिमखर्क ब्यारेकको गाडी दुर्घटना भएको थियो । यसअघि घटनास्थलमै सवुज गणमा कार्यरत जमदार यादव भडोलको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाही विशाल गुरुङ,रेशम लित मगर र विपिन श्रेष्ठको उपचार भइरहेको छ ।

प्रतिक्रिया