बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आफ्नो पार्टीले कुनै बन्दको आयोजना नगरिएको जनाएको छ। एमसिसिको बिरोधमा बिप्लव नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आयोजना गरिएको हल्ला चलेको अवस्थामा बिप्लव नेतृत्वको ने.क.पा.का एक नेताले आज आफ्नो पार्टीको कुनै बन्द कार्यक्रम नरहेको जानकारी दिएका छन्।
यसैबीच नेकपा माओबादी नामको पार्टीले आज बन्दको आयोजना गरेको एक पर्चा फेला परेको छ। कमरेड नेपाल अध्यक्ष रहेको भनिएको यस नेकपा माओबादीको आजसम्म कहीं कतै अस्तित्व देखिएको छैन।
माघ ६ गते जारी गरिएको भनिएको त्यस पर्चामा माघ १६ गते शहीद दिवस मनाउने, माघ २१ गते कठपुतली सरकारको पुत्लादहन गर्ने, माघ २७ गते मशाल जुलुश गर्ने र फागुन १ गते जनयुद्ध दिवस मनाउने कार्यक्रम तय भएको उल्लेख छ। तर ती कार्यक्रमहरु सम्पन्न भए कि भएनन् भन्ने बारेमा जनता त अनबिज्ञं छन् नै, जनता सुसुचित गराउने जिम्मेवारी पाएका संचारकर्मी-पत्रकारहरु समेतले कुनै जानकारी पाएनन। अझ स्पस्ट भन्न पर्दा त्यस पार्टीको अस्तित्व रहे/नरहेको भन्ने बारेमा पत्रकारहरु पनि अन्यौलमा छन्। तसर्थ यस्तो पार्टीले आयोजना गरिएको भनिएको नेपाल बन्दको कुनै असर नरहने पत्रकारहरु समेतले आंकलन गरेका छन्।
