कांग्रेसका नेताद्वारा पार्टी कार्यालयभित्रै प्रेस युनियनका जिल्ला अध्यक्ष रौले कुटिए

कांग्रेसका नेताद्वारा पार्टी कार्यालयभित्रै प्रेस युनियनका जिल्ला अध्यक्ष रौले कुटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ फाल्गुन २०७६
  • 4.4K
    Shares

पत्रकार प्रेम रौले

आफ्नो आस्थावान पार्टी नेपाली कांग्रेसकै नेताहरुबाट असुरक्षित भएको आशयसहित प्रेस युनियनको जिल्ला अध्यक्ष पद त्यागेको विज्ञप्ती सामाजिक सञ्जालबाट जारी गरेका नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेलाई नेपाली काँग्रेस बाजुराको पार्टी कार्यालयमा कुटपिट भएको छ ।

सो विज्ञप्ती बारे समीक्षा र पद त्याग घोषणा बारे छलफल गर्न काँग्रेस पार्टी कार्यालयमा नै बोलाएर नेताहरुले पत्रकार रौलेलाई कुटपिट गरेका हुन्। त्यस छलफलमा पार्टी नेतृत्वबाट सुरक्षाको पहल नभएको र डियो पौरखी सञ्चालक समितिसँग आवद्धहरुबाटै परीक्षा हलभित्रै गाली गर्न खोजेको गुनासो सुनाउँदै गर्दा तरुण दलका नेता हिरेन्द्र रोकायाले मुक्का प्रहार गरेको  बताइएको छ।  रौलेको टिसर्ट च्यातिएको छ भने टाउकोमा चोट लागेको छ ।

राष्ट्रिय समाचार समिति बाजुरा प्रतिनिधी समेत रहेका पत्रकार रौलेलाई काँग्रेस पार्टी सभापति कविराज पण्डित, महासमिति सदस्य जनकराज गिरी, जुना दानी सहीतका नेताहरुको अगाडि नै रोकायाले कुटपीट गरेको रौलेको भनाई छ ।

प्राप्त समाचार अनुसार,पत्रकार रौलेले रेडियो पौरखीको स्टेशन प्रबन्धकका लागि लिइएको परीक्षामा सहभागी हुन् आफुलाई परीक्षा समयको ७ मिनेट अगाडि मात्र बोलाएर आफू अनुकुल व्यक्ति राख्ने मनसाय राखेको आरोप सहीत परीक्षामा सहभागि नहुने अभिव्यक्ति दिएका थिए।  त्यस पछि रेडियो सञ्चालक समिति अध्यक्ष रामचन्द्र यादव, सचिव हिरेन्द्र रोकाया सहितले ज्यान मार्ने धम्की सहित गाली दिइएको पत्रकार रौलेले जानकारी दिएका छन् । त्यही धम्कीबारे छलफल गर्न नेपाली कांग्रेस बाजुराको कार्यालयमा बोलाइएको र त्यही आफूमाथि कुटपिट भएको पत्रकार रौलेको दाबी छ ।

प्रतिक्रिया