आपूर्ति मन्त्रालयद्वारा गरिमा धानको नक्कली बीउ बिक्रीमा संलग्न आयातकर्ता र बिक्री केन्द्रलाई कारबाही

आपूर्ति मन्त्रालयद्वारा गरिमा धानको नक्कली बीउ बिक्रीमा संलग्न आयातकर्ता र बिक्री केन्द्रलाई कारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ फाल्गुन २०७६
  • 3K
    Shares

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाला नलाग्ने गरिमा धानको नक्कली बीउ बिक्रीमा संलग्न आयातकर्ता र बिक्रेतालाई जरिवाना गरेको छ।

विभागले प्रयोग गर्न पाउने कानुनी अधिकारअनुसार आयातकर्तालाई ३ लाख र बिक्रेतालाई जनही दुई लाखका दरले जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

कैलालीका आरएच एग्रोभेट र किसान एग्रोभेट सेन्टरसहित देशभर १४ बिक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गरेको विभागले जनाएको छ।

विउ आयातकर्ता सनराइज एग्रिकल्चर रिसर्च प्रालि दाङलाई ३ लाख जरिवाना गराइएको छ।

विज्ञहरुको प्रमाणित अनुसन्धान तथा कृषि मन्त्रालयले विभागमा पठाएको फाइल तथा अनुगमनको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया