परिवार महायज्ञमा गएका मौका छोपी किशोरीलाई सामुहिक वलात्कार, तीन युवा पक्राउ

परिवार महायज्ञमा गएका मौका छोपी किशोरीलाई सामुहिक वलात्कार, तीन युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ फाल्गुन २०७६
  • 3.8K
    Shares

घरका सबै महायज्ञमा गएका मौका छोपी १६ वर्षीय एक किशोरीलाई सामुहिक वलात्कार भएको छ।  रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ स्थित मर्चवार गाउँमा लागेको महायज्ञमा घरका परिबार गएको मौका छोपी आइतबार राति ११ बजे ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो।

ती किशोरीलाई बाहिर बोलाएर नजिकै निर्माणाधीन अवस्थामा रहेको भवनमा लगेर तीन जना युवाले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ। बलात्कारमा संलग्न तीन युवा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार इलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक चित्र बहादुर घलेले जानकारी दिए।

पीडितका आफन्तले सोमबार बिहान इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर जाहेरी दिएपछि ती युवालाई प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न तीनै जना युवा र किशोरीको मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

बालिकाको बुवा अस्वस्थ रहेको कारण आमा र बुवा उपचारको लागि भारतको मुम्बईमा रहेको तथा ती किशोरी हजुरवुवा, बहिनी र भाइसँगै बस्दै आएकी थिइन्।

प्रतिक्रिया