सरकार दलाल र माफियाको घेराबन्दीमा परेको छ : जनार्दन शर्मा ‘प्रभाकर

सरकार दलाल र माफियाको घेराबन्दीमा परेको छ : जनार्दन शर्मा ‘प्रभाकर


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ फाल्गुन २०७६
  • 4K
    Shares

जनार्दन शर्मा

दुई-तिहाईको कथित कम्युनिस्ट सरकार दलाल र माफियाको रक्षा कवच बनिरहेको भनेर सर्वत्र बिरोध भैरहंदा सोही पार्टीमा पनि त्यस्ता आवाजहरु उठ्न थालेका छन्।  त्यही लाइनमा उभिएका छन् स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’।

पूर्वगृहमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शर्माले प्रेस सङ्गठन नेपाल कर्णाली प्रदेशले रुकुम पश्चिमको चौरजहारीमा रेको भेला तथा शपथग्रहण कार्यक्रममा बोल्दै सरकार दलाल र माफियाको घेराबन्दीमा परेको बताए । उनले छिटो त्यो घेराबन्दी तोड्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

केन्द्रले कर्णालीको आवाज कम सुन्छ भन्दै उनले कर्णालीमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । दुई वर्षदेखि रुकुम पश्चिममा सङ्घीय सरकारको बजेट रोकिएको तथा कर्णालीको विकास लगानी कम भएको भन्दै उनले राज्यले कर्णालीलाई हेला गरेको आरोप लगाए ।

प्रतिक्रिया