कारागामुक्त हुनासाथ बिद्रोही ने.क.पा. परित्यागको घोषणा, सत्तारुढ नेकपामा प्रवेश

कारागामुक्त हुनासाथ बिद्रोही ने.क.पा. परित्यागको घोषणा, सत्तारुढ नेकपामा प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ फाल्गुन २०७६
  • 5.9K
    Shares

लोकेन्द्र राई, बिकास सुनार, बम बहादुर हिटान

करीब डेढ महिना लामो प्रहरी हिरासत र कारागार बसाइपश्चात रिहा भएका बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीका तीन युवाहरुले पार्टी परित्यागको घोषणा गरेका छन्।

बिद्रोही ने.क.पा. परित्याग गरेको घोषणा गर्ने युवाहरुमा ने.क.पा. कास्की सदस्य एबम सहयाक संगठन युवा संगठन कास्कीका नेता लोकेन्द्र राई, बमबहादुर हितान मगर र डिल बहादुर सुनार रहेका छन्।

गत पुस २४ गते पोखरा महानगरपालिका–१४ चाउथेस्थित नयाँबस्तीबाट पक्राउ परेका उनीहरुले कास्की जिल्ला कारागारबाट मुक्त भए लगत्तै एक प्रेस बिज्ञप्ति निकालेर बिद्रोही ने.क.पा.मा रहेको सम्पूर्ण जिम्मेवारी छाडेको जनाएका छन् । विज्ञप्तिमा अबदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा आबद्ध भएर जनताको सेवा र हितमा काम गर्ने समेत घोषणा गरिएको छ ।

विप्लव नेकपामा आबद्ध रहेको अभियोगमा गत पुस २४ गते पोखरा महानगरपालिका–१४ चाउथेस्थित नयाँबस्तीबाट प्रहरीले तीनै जनालाई प|क्राउ गरेको थियो । अदालतले गत माघ २२ गते सुनारलाई २० हजार रुपैयाँ र अन्यलाई जनही पाँच हजार रुपैयाँका दरले धरौटीमा रिहा गर्न आदेश दिएकामा धरौटी बुझाउन नसकेकाले उनीहरु कास्की कारागार चलान भएका थिए ।

कारागाअर्मुक्त बिद्रोही ने.क.पा.का युवाहरुका साथ् सत्तारुढ नेकपा नेता रामजी बराल
कारागाअर्मुक्त बिद्रोही ने.क.पा.का युवाहरुका साथ् सत्तारुढ नेकपा नेता रामजी बराल

अदालतले तोकेको धरौटी बुझाएपश्चात् उनीहरुलाई गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका सत्तारुढ नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य रामजीप्रसाद बराल र अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य मङ्गल लिम्बूको रोहवरमा कास्की कारागारले मुक्त गरेको थियो ।

कारागर्मुक्त भएपछी बिद्रोही ने.क.पा.का युवाहरुद्वारा जारी बिज्ञप्ति

प्रतिक्रिया