जनमुक्ति सेनाको सलामी ग्रहण गर्दै बिप्लवले क्रान्ति पुरा गर्ने कसम खाए

जनमुक्ति सेनाको सलामी ग्रहण गर्दै बिप्लवले क्रान्ति पुरा गर्ने कसम खाए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ फाल्गुन २०७६
  • 7.6K
    Shares

जनमुक्ति सेनाको सलामी गर्दै .पा. महासचिव बिप्लव

मुलुकको राजधानी काठमाण्डौमा जनयुद्ध परित्याग गरेर दलाल सत्तामा प्रवेश गरेका कम्युनिष्टहरुले जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्ने बिषयमा बिबाद गरिरहेका बेला जनयुद्धको निरन्तरताको घोषणा गर्दै सशस्त्र क्रान्तिलाई  अघि बढाउन खोजिरहेको नेलाल कम्युनिष्ट पार्टीले जनमुक्ति सेनाको ब्यापक उपस्थितिमा अज्ञात स्थलमा २५ औं जनयुद्ध दिवस मनाएको छ।

लामो समयदेखि ठुला सार्वजनिक कार्यक्रममा नदेखिएका नेकपा महासचिव नेत्र बिक्रम चन्द विप्लवले ग्रामीण भेगका जनसमुदायका बीचमा २५ औं जनयुद्ध दिवस मनाएको प्राप्त समाचारमा  जनाइएको छ।

महासचिब  नेत्र बिक्रम चन्द ‘बिप्लव’ को प्रमुख आतिथ्यतामा भएको त्यस भब्य समारोहमा जनमुक्ति सेनाको एक टुकडीले महासचिब बिप्लवलाई सलामी अर्पण गरेको थियो।

जनमुक्ति सेनाको सलामी ग्रहण गर्दै महासचिव बिप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत जनयुद्धको अधुरो सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन भने नेकपाका केन्द्रीय सदस्य विजयले गरेका थिए ।

 पार्टी नेता, कार्यकर्ता र उपस्थित जनसमुदायले सामूहिक रूपमा अन्तर्राष्ट्रिय गीत गाएर शुरु भएको सो कार्यक्रममा जनमुक्ति सेनाले परेड प्रदर्शन गरेको थियो । सोही कार्यक्रममा जनयुद्ध दिवसका अवसरमा पटाका पड्काएर खुशियाली मनाइएको थियो भने कार्यक्रममा सहभागी भएका सबैले एकापसमा अबिर टिका साटासाट गर्दै रमाइलो गरेका थिए।

प्रतिक्रिया