पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीस्थित भास्कर मेमोरिएल स्कुलका प्रिन्सिपल विश्वराज बास्तोला पक्राउ परेका छन्।
प्रहरीले उनीविरुद्ध आफ्नै स्कुलमा अध्ययनरत एक छात्रामाथि यौन दुर्ब्यबहार गरेको आरोप लगाएको छ। पिडित छात्राले प्रिन्सिपल बास्तोलाले आफुलाई यौन दुर्ब्यबहार गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिईसकेको कास्की प्रहरीका प्रबक्ता डिएसपी राजकुमार केसीले जानकारी दिएका छन्।
उता आफ्नै बिद्यालयमा पढ्ने छात्रामाथि यौन दुर्ब्यबहार गरेको भन्दै आक्रोशित अभिभावकले आज दिउँसो सो बिद्यालयमा तोडफोड गरेका छन्।
छात्रामाथि यौन दुर्ब्यबहारको आरोपमा भास्कर स्कुलका प्रिन्सिपल पक्राउ