२५ औं जनयुद्ध दिवस मनाउने क्रममा सत्तारुढ नेकपाका बिध्यार्थीबिच बिबाद, ब्यानर च्याताच्यात

२५ औं जनयुद्ध दिवस मनाउने क्रममा सत्तारुढ नेकपाका बिध्यार्थीबिच बिबाद, ब्यानर च्याताच्यात


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ फाल्गुन २०७६
  • 4.5K
    Shares

जनयुद्ध दिवस मनाउने बिबादमा नेकपाका कार्यकर्ताबीच ब्यानर च्याताच्यात

२५ औं जनयुद्ध दिवस मनाउने क्रममा कालिकोटमा आज सत्तारुढ नेकपाका कार्यकर्ताहरुबीच बिबाद हुँदा ब्यानर च्याताच्यात भएको छ।

सत्तारुढ नेकपाभित्र रहेका तात्कालिन एमाले र माओबादी केन्द्र गरी दुई गुट रहेका छन्।  ती दुई गुटमध्ये तात्कालिन माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु २५ औं जनयुद्ध दिवस मनाउने पक्षमा थिए भने तात्कालिन एमालेका नेता तथा कार्यकर्ताहरु जनयुद्ध दिवस नमनाउने पक्षमा। त्यही बिबाद बढ्दै जाँदा सत्तारुढ नेकपाका बिध्यार्थीहरु बीच ब्यानर च्याताच्यात भएको थियो।

तत्कालिन माओवादी केन्द्रका विद्यार्थी नेताहरु जनयुद्ध दिवस मनाउने पक्षममा थिए भने तत्कालिन एमालेका विद्यार्थी नेताहरु उक्त दिवस नमनाउने पक्षमा थिए । पूर्व माओवादी केन्द्र समर्थित बिद्यार्थीहरुले ब्यानरमा “२५ औं जनयुद्व तथा जनआन्दोलन दिबस” राखेर  जनयुद्ध दिवस मनाउन खोजेपछि पूर्व एमालेका विद्यार्थीहरुले बिरोध गरेका थिए , उनीहरुले “२५ औं जनयुद्ध दिवस हटाउनु पर्ने भन्दै बिरोधमा उत्रिएपछि दुबैपक्ष बीच ब्यानर च्याताच्यात भएको हो ।

ब्यानर च्याताच्यात हुन् थालेपछि पार्टी अध्यक्ष धनजित शाही , नेकपा नेता रमेश शाही, कृष्ण आर्चाय लगायतको उपस्थितिमा २५ औं जनयुद्ध दिवस शब्दलाई हटाई, जनयुद्ध तथा जनआन्दोलन शब्द राखेर दिवस मनाउने समझदारी बनेको थियो।  सोही सहमतिपछि कार्यक्रम सम्पन्न भएको थियो।

त्यसो त दुई पार्टीबीच एकताको क्रममा पार्टीको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषयमै विवाद भएको थियो । सुरुवातमा जनयुद्धको स्थानमा जनक्रान्ति शब्द राख्न प्रस्ताव गरेको एमाले पछि हटेको थियो ।

प्रतिक्रिया