अखिल क्रान्तिकारीका अध्यक्ष ढकालसहित पांच जना काठमाण्डौबाट गिरफ्तार

अखिल क्रान्तिकारीका अध्यक्ष ढकालसहित पांच जना काठमाण्डौबाट गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ फाल्गुन २०७६
  • 4.6K
    Shares

खिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल गिरफ्तार भएका छन् , उनको साथमा रहेका अन्य चार जना विद्यार्थीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ।  उनीसंगै सो संगठनकी त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष सन्ध्या पुनमगर पनि पक्राउ परेकी छिन् ।  बाँकी तीन जनाको  परिचय खुल्न बाँकी छ।

उनीहरुलाई  महानरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट बिहीबार करिब सवा १ बजे गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार उनीसँगै पक्राउ परेका तीन जनाबारे अनुसन्धान भइरहेको छ ।

चिरन्जिबी ढकाल, अध्यक्ष, अखिल क्रान्तिकारी
चिरन्जिबी ढकाल, अध्यक्ष, अखिल क्रान्तिकारी

यस अघि पनि काठमाण्डौको अनामनगरस्थित युनियन हाउसमा वैशाख २७ गते शुक्रबार बिहान ११ बजे अखिल (क्रान्तिकारी)सहित ११ विद्यार्थी संगठनले नीजि विद्यालयहरुले ४० प्रतिशतसम्म बढाएकाविरुद्ध लगायत विषयमा पत्रकार सम्मेलन गरिरहेको बेला सिंहदरबार प्रहरी वृत्तबाट डीएसपी काजीकुमार आचार्यको नेतृत्व आएको टोलीले हस्तक्षेप गरेर ढकाललाई गिरफ्तार गरेको थियो । पछि सर्बोच्च अदालतको आदेशले उनी रिहा भएका थिए।

प्रतिक्रिया