कोरोना संक्रमणको आशंका गरिएको बिरामी टेकु अस्पतालबाट फरार, तीन भर्ना

कोरोना संक्रमणको आशंका गरिएको बिरामी टेकु अस्पतालबाट फरार, तीन भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ माघ २०७६
  • 4.1K
    Shares

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका साउदी अरबका नागरिक  भागेका छन् । चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए । उनलाई कोरोनाको आशंका भएपछि अस्पतालमै निगरानीमा राख्ने तयारी गर्दा गर्दै उनी भागेका थिए।

यसैबीच अस्पतालमा बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको छ । चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए  ।

श्रेष्ठका अनुसार उनीहरु तीन जनामा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना पठाइएको छ। अहिले उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।’

 

प्रतिक्रिया