पोखरा महानगरको विकास निर्माणका लागि अपनाउनुपर्ने रणनीति बनाउन पोखरा महानगरपालिकाले मंगलबार आयोजना गरेको भिजन निर्माण सम्बन्धि बैठकलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बहिष्कार गरेको छ ।
महानगरपालिकाले पटक पटक बिनाछलफल एजेण्डा ल्याउने गरेको तथा प्रक्रियागत रुपमा नगएर वैठक बोलाईएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पोखरा महानगरपालिकाले आयोजना गरेको सो भिजन निर्माण सम्बन्धि बैठकलाई बहिष्कार गरेको हो । त्यस बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने निर्वाचित ११ जना वडाध्यक्षहरुले सहभागिता नजनाएको नेपाली काँग्रेसका नेता तथा सचेतक एवम् पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

बैठक बहिष्कार गरेपश्चात् प्रतिपक्षी दलका सचेतक रामराज लामिछाने र उपनेता शंकर बास्तोलाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्रूहरुले पोखरा महानगरपालिकाद्वारा आयोजित भिन निर्माढा सम्बन्धि बैठक बहिष्कार गरेको जानकारी दिएका छन् ।
पोखरा महानगरपालिकाले नेपाल टेलिकमको एसएमएस कोड नं ३१०३४ बाट पोखरा महानगरपालिकाका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई एसएमएस पठाई भिजन निर्माण सम्बन्धि बैठक आयोजना गरिएको र सो बैठकमा उपस्थित हुन अनुरोध गरिएको थियो । सो एसएमएसमा “पोखरा महानगरको भिजन निर्माण सम्वन्धि वैठक, मिति २०७६ माघ २८ मंगलवार, समय बिहान ८ देखि ९ वजे, स्थान महानगरपालिकाको सभाहल, श्री लेख बहादुर तामाङ, फोन नं र पोखरा महानगरपालिका कार्यालय” लेखिएको छ ।
आफूहरुलाई कुनै जानकारी नै नदिई विना छलफल एसएमएसमार्फत् बैठक आयोजना गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उक्त बैठक बहिष्कार गरेको बताइएको छ । नेपाली काँग्रेसका तर्फबाट सचेतक रामराज लामिछाने र उपनेता शंकर बास्तोलाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा महानगरपालिकाले पटक पटक बिना छलफल एजेण्डा ल्याउने गरेको तथा प्रक्रियागत रुपमा नगएर वैठक बोलाईएकाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै “महानगरपालिकाको बैठक बोलाउने अधिकार महानगरपालिका वैठकको सचिव प्रमुख प्रकाशासकिय अधिकृत तथा प्रशासन प्रमुखको हुँदाहुँदै असम्वन्धित पक्षबाट वैठक बोलाईएकोले गम्भिर असहमति जनाईएको” उल्लेख छ ।
“जुन विषयका लागि वैठक बोलाइएको हो, त्यस सम्वन्धमा हामीसंग कुनै छलफल तथा परामर्श पनि नभएकोले असहमति जनाउँदै वैठक बहिस्कार गर्ने निर्णय गरेका छौ ।”ं जारी विज्ञप्तिमा उल्लेख छ ।