बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २५ औं जनयुद्ध दिवस मनाइरहेका बेला सो पार्टीका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुन ‘उभार’ गएराती तनहुँको जामुनेबाट गिरफ्तार भएका छन्। उनीसंगै अखिल क्रान्तिकारी तनहुँका सदस्य पर्वत सेढाई पनि गिरफ्तार भएका छन्।
गएराती म्याग्दे गाउपालिका वडा नम्बर २ जामुनेमा जनयुद्धको समर्थनमा पर्चा र पोस्टर टाँसीरहेको अवस्थामा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको समाचार स्रोतले जानकारी दिएको छ।
हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँ, दमौलीको हिरासतमा राखिएको प्राप्त समाचारमा जनाइएको छ।