गृह सचिवद्वारा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान

गृह सचिवद्वारा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ माघ २०७६
  • 6.4K
    Shares

आईजीपी ठाकुर ज्ञवाली

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

परम्परा अनुसार, गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।

ज्ञवालीले आजै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका छन् ।

२०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका ज्ञवाली करीब पांच महिना अवधिका लागि मुलुकको २७ औं प्रहरी महानिरीक्षक हुनेछन्। उनको ३० वर्षे सेवा अवधि आगामी असार २४ गते पुरा हुनेछ र सेवाहदका कारण अवकाश पाउनेछन्।

यस अघि सेवा अवधि हदकाकारण अवकाश पाएका निवर्तमान प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललाई हिजो साँझ प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको थियो।  सो बिदाई समारोहमा उनीसंगै सेवा अवधि हदकाकारण अवकाश पाएका प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुस्कर कार्की, ठुले राई र धिरु बस्न्यात उपस्थित भएनन्।  उनीहरुको यो अनुपस्थितिलाई तात्कालिन अवस्थामा प्रहरीभित्रको असन्तुस्टीका रुपमा हेरिएको छ।

प्रतिक्रिया