क्षेत्रीहरुको स्थिति र अवस्था बुझ्न पोखराका क्षेत्रीहरु भ्रमणमा निस्किए

क्षेत्रीहरुको स्थिति र अवस्था बुझ्न पोखराका क्षेत्रीहरु भ्रमणमा निस्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ माघ २०७६
  • 5.7K
    Shares

क्षेत्री समाज कास्कीद्वारा आयोजित पत्रकार सम्मेलन

निकट भबिस्यमा आन्दोलनको आँधीबेहरीको तयारी गरिरहेका पोखराका क्षेत्रीहरु आफ्नी अन्य जिल्लाका क्षेत्रॆहरुको अबस्था र स्थिति बारे बुझ्न आजदेखि भ्रमणमा निस्किएका छन्।

क्षेत्री समाज नेपाल जिल्ला कार्य समिति कास्कीको आयोजनामा सो कार्य समितिका पदाधिकारी एबम सदस्यहरुले भ्रमणका क्रममा विभिन्न जिल्लाका क्षेत्रीहरुको स्थिति र अवस्था बारेमा बुझ्नेछन भने ती जिल्लामा रहेका विभिन्न धार्मिक एबम तीर्थस्थलहरुको दर्शन पनि गर्ने क्षेत्री समाज जिल्ला कार्य समिति कास्कीका अध्यक्ष पदम बहादुर कार्कीले जानकारी दिए।

क्षेत्री समाज कास्कीका अध्यक्ष पदम बहादुर कार्की
क्षेत्री समाज कास्कीका अध्यक्ष पदम बहादुर कार्की

उनीहरुले तनहुँ, चितवन, नवलपरासीका क्षेत्रीहरुको अवस्था र स्थिति बारे बुझ्नेछन भने भने पबित्र तीर्थस्थल देवघाट धाम र भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीको पनि भ्रमण गर्नेछन।  अध्यक्षा कार्की यस भ्रमणले आन्तरिक पर्यटनको प्रबर्धन हुने धारणा राख्छन। भ्रमणदलका सदस्यहरु स्वयम् आफैले आफ्नो खेर्च ब्यबस्था गर्नु पर्ने उनले जानकारी दिए।

प्रतिक्रिया