एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष थापाद्वारा पत्रकार धितालमाथि कुटपिट

एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष थापाद्वारा पत्रकार धितालमाथि कुटपिट


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ माघ २०७६
  • 7.5K
    Shares

सबिन धिताल , पत्रकार

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकार सबिन धिताललाई कुटपिट गरेका छन् ।

लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिगं गर्न पुगेका पत्रकार सविन घिताललाई थापाले आइतवार साँझ कुटपिट गरेका हुन् । थापाको कुटाईबाट घाइते भएका घितालले स्थानिय अस्पतालमा उपचार गराएका थिए । आक्रमणकारीले धिताललाई समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने बरु जेल गएर बस्ने धम्कि समेत दिएका छन् ।

धिताल भोइस अफ नेपाल टिभी र पोर्चुगलमा रहेका पत्रकारहरुको संस्था नेप्लिज जर्नालिष्ट क्लबमा आबद्ध छन् । पिडित पत्रकार धितालले प्रहरी समक्ष उजुरी दिएका छन् ।

धितालले पछिल्लो केहि महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुको पिडा र मानव तस्करीको बारेमा भोइस अफ नेपालमा लगातार फलोअप समाचार प्रकाशन गर्दै आएका थिए ।

 

प्रतिक्रिया