अन्तत: २७ औं आईजीपीमा ज्ञवाली, डिआईजी ज्ञवालीलाई सिफारिश गर्न प्रम ओलीको निर्देशन

अन्तत: २७ औं आईजीपीमा ज्ञवाली, डिआईजी ज्ञवालीलाई सिफारिश गर्न प्रम ओलीको निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ माघ २०७६
  • 4.9K
    Shares

प्रम केपी ओली र डीआईजी ठाकुर ज्ञवाली

अन्तत: नेपालको २७ औं प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली हुने पक्का भएको छ।  उनलाई बुधबार बिहान बस्ने मन्त्री परिषद बैठकले नेपालको २७ औं प्रहरी महानिरीक्षकका रुपमा नियुक्त गर्नेछ।

सोमबार बसेको मन्त्री परिषद बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बस्ने मन्त्री परिषद बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको नाम प्रस्ताव पेश गर्न गृहमन्त्री रामबहादुर थापा र मूख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन् । प्रम ओलीले गृहमन्त्री रामबहादुर थापा र मूख्यसचिव लोकदर्शन रेग्मीलाई बोलाएर मंगलबार बस्ने मन्त्री परिषद बैठकमा आईजीपीमा ज्ञवालीको नाम पेश गर्न निर्देशन दिएको समाचारस्रोतको दाबी छ।

डीआईजी ज्ञवालीको नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्डसँग निकट सम्बन्ध रहेको उच्च स्रोतको दाबी छ।

२०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका ज्ञवाली करीब पांच महिना अवधिका लागि मुलुकको २७ औं प्रहरी महानिरीक्षक हुनेछन्।  उनको ३० वर्षे सेवा अवधि आगामी असार २४ गते पुरा हुनेछ र सेवाहदका कारण अवकाश पाउनेछन्।

आईजीपी सर्वेन्द्र खनाल, ३ एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु मंगलबारबाट एकैपटक अवकास प्राप्त गर्दै छन् । त्यसैगरी खनालकै ब्याची केदार रिजाल, मनोज न्यौपाने, शेरबहादुर बस्नेत, पूर्णचन्द्र जोशी, कमल जिटी, दानसिंह बोहोरा, नारायणसिंह खड्का, हरिभक्त प्रजापति, पिताम्बर अधिकारी, दीपक थापा, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, सुरज केशी, दिनेश अमात्य, महेन्द्र पोखरेल र सुरेशविक्रम शाह सेवाहदकै कारण माघ २८ गते अवकाश हुँदैछन्। तर अवकशको अघिल्लो दिनसम्म सरकारले भावी आईजीपी को हुने भन्ने निर्णय गर्न सकेको छैन ।

मन्त्रीपरिषद् बैठकले सोमबार नै भावी आईजीपीमा ज्ञवाली वा सुदूरपश्चिम प्रदेशका डिआईजी तारिणीप्रसाद लम्सालमध्ये एकजनालाई चयन गर्ने आंकलन भइरहेको थियो । तर ३० वर्षे विवादपछि प्रधानमन्त्री ओलीले मंगलबार पुन: बैठक बस्ने भन्दै टुंग्याएका थिए । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ ।

 

प्रतिक्रिया