नेता भट्टलाई तुरुन्त रिहा गर्न ने.क.पा. गण्डक ब्युरोको माग

नेता भट्टलाई तुरुन्त रिहा गर्न ने.क.पा. गण्डक ब्युरोको माग


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ माघ २०७६
  • 5.6K
    Shares

ने.क.पा. गण्डक ब्युरो इन्चार्ज आस्थाद्वारा जारी बिज्ञप्ति

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्युरोले गिरफ्तार गण्डक ब्युरो सदस्य कपिल भट्टको रिहाइको माग गरेको छ।

ने.क.पा. गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा आस्थाले आज एक प्रेस बिज्ञप्ति जारी गरी ब्युरो सदस्य भट्टको रिहाइको माग गरेकी हुन्।  उनले आफ्नो बिज्ञप्तिमा ‘स्वास्थ्य उपचारका क्रममा चितवनको भरतपुरस्थित आफन्तको घरमा बसिरहेका नेता भट्टलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको जनाउदै त्यस गिरफ्तारीको घोर निन्दा र भर्त्सना पनि गरेकी छिन। उनले गिरफ्तार नेता भट्टलाई तुरुन्त रिहाइ गर्न माग गर्दै अन्यथा त्यसको कडा जवाफ आफ्नो पार्टीले दिने सोही विज्ञप्तिमार्फत चेतावनी पनि दिएकी छिन।

ने.क.पा. गण्डक ब्युरो इन्चार्ज आस्थाद्वारा जारी बिज्ञप्ति
ने.क.पा. गण्डक ब्युरो इन्चार्ज आस्थाद्वारा जारी बिज्ञप्ति

यसैबीच गिरफ्तार नेता भट्टकी धर्मपत्नी सुप्रभा देबकोटा भट्टले आफ्ना श्रीमानलाई पक्राउपुर्जि नदिई काठमाण्डौको टेकुमा बिष्फोट गराएको झुट्ठा मुद्दा लगाई महानगरीय प्रहरी परिसर काठमाण्डौ टेकुमा राखिएको जानकारी दिएकी छिन।  तर प्रहरीले यस बारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन।

कपिल भट्ट
कपिल भट्ट

यसभन्दा अघि पनि ने.क.पा. गोर्खाको तात्कालिन जिल्ला सेक्रेटरीका हैसियतमा गएको बैशाख २२ गते गोरखाबाट गिरफ्तारीमा परेका नेता भट्टलाई प्रहरीले बिभिन्न मुद्दा लगाउंदै कास्की, लमजुङ्ग, तनहुँ, पर्वत, बागलुङ्ग, स्याङ्गजा लगायतका जिल्ला पुर्याएको थियो।  करीब साढे चार महिना प्रहरी हिरासतको बसाइपछि पर्वत पुर्याइएको अवस्थामा गएको असोज ८ गते सर्बोच्च अदालतले निर्दोष साबित गर्दै हिरासतमुक्त भएका थिए।

प्रतिक्रिया