निर्मला पन्त प्रकरणमा एआईजीको प्रतिवेदन खारेज : दिलीप नै दोषी

निर्मला पन्त प्रकरणमा एआईजीको प्रतिवेदन खारेज : दिलीप नै दोषी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ माघ २०७६
  • 7.1K
    Shares

दिलीपसिंह बिष्ट

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दिलीपसिंह बिष्टलाई निर्दोस ठहर्याएको एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ।

डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरेको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह बिष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ।

भीमदत्त नगरपालिका २ खोल्टीकी पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ स्थित उखुबारीमा फेला परेको थियो।

त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र कञ्चनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा ३ भदौमा विष्टलाई पक्राउ गरेको थियो।

तर, स्थानीयको भीड र विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिवेदनले विष्ट निर्दोष रहेको दाबी गर्दै फसाउन खोजिएको आरोप लगाएका थिए।प्रहरी अनुसन्धानले भने विष्ट नै दोषी भएको निष्कर्ष निकालेको थियो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजी बस्न्यातको संयोजकत्वमा २०७५ भदौ ३१ मा आन्तरिक अनुसन्धान समिति गठन गरेका थिए।त्यही समितिले आरोपित विष्टलाई उन्मुक्ति दिएको थियो।

प्रतिक्रिया