ललिता निवास काण्डमा जोगाइएका दोषीलाई कारवाही गर्ने बिद्रोही ने.क.पा.को घोषणा

ललिता निवास काण्डमा जोगाइएका दोषीलाई कारवाही गर्ने बिद्रोही ने.क.पा.को घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ माघ २०७६
  • 6K
    Shares

ललित निवास काण्डका दोषीलाई कारवाही गर्ने घोषणा गरिएको ने.क.प.कप बिज्ञप्ति

चर्चित ललिता निवास काण्डका दोषीहरुलाई सरकारले जोगाए पनि बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ती दोषीहरुलाई कारवाही गर्ने घोषणा गरेको छ।

बिद्रोही ने.क.पा.का पार्टी प्रवक्ता प्रकाण्डले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।  उनले आफ्नो बिज्ञप्तिमा आफ्नो पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेको जिकिर गरिएको छ। यसले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको दाबी गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको छ । अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई हाम्रो पार्टीले उचित समयमा कारबाही गर्नेछ ।’

सोही बिज्ञप्तिमार्फत सरकार र सरकारी पार्टीको अख्तियार र मुख्य अभियुक्त बचाउने भ्रष्ट र कमिसनखोर चरित्रका विरुद्ध उभिन सम्बन्धित सबै पक्षसँग अनुरोध पनि गरिएको छ।

ललित निवास काण्डका दोषीलाई कारवाही गर्ने घोषणा गरिएको ने.क.प.को  बिज्ञप्ति
ललित निवास काण्डका दोषीलाई कारवाही गर्ने घोषणा गरिएको ने.क.प.को बिज्ञप्ति

 

प्रतिक्रिया