फेरी गिरफ्तार भएका ने.क.पा. गण्डक ब्युरो सदस्य भट्टलाई बेपत्ता पारिएको आरोप

फेरी गिरफ्तार भएका ने.क.पा. गण्डक ब्युरो सदस्य भट्टलाई बेपत्ता पारिएको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ माघ २०७६
  • 7.2K
    Shares

कपिल भट्ट

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गण्डक ब्युरो सदस्य कपिल भट्ट फेरी गिरफ्तार भएका छन्।  सर्बोच्च अदालतको आदेशमा रिहा भएको झन्डै साढे चार महिनापछि भट्ट शुक्रबार दिउँसो चितवनको भरतपुरबाट गिरफ्तार भएका हुन्।

उनी गिरफ्तारीमा परेको जानकारी उनकी धर्मपत्नी सुप्रभा देवकोटाले शनिबार दिउँसो एक फेसबुक स्टाटस लेखेर दिएकी हुन्।  देवकोटाका अनुसार, उनका श्रीमान् कपिल भट्ट चितवनको भरतपुरस्थित क्षेत्रपुरमा रहेको आफन्तको घरमा बसेर खाजा खाइरहेको बेला सादा पोशाकका प्रहरीले गिरफ्तार गरेर लगेका हुन्।

शुक्रबार दिउँसो गिरफ्तार गरिएको भए पनि भट्टको अवस्थाका बारेमा प्रहरीले आफुलाई कुनै जानकारी नदिई बेपत्ता बनाइएको उनले आफ्नो स्टाटसमा उल्लेख गरेकी छिन।

आफ्नो श्रीमानलाई बेपत्ता पारिएको बारे सुप्रभा देवकोटाद्वारा लिखित फेसबुक स्टाटस
आफ्नो श्रीमानलाई बेपत्ता पारिएको बारे सुप्रभा देवकोटाद्वारा लिखित फेसबुक स्टाटस

यसैबीच प्राप्त जानकारी अनुसार, चितवनको भरतपुरबाट गिरफ्तार गरिएका नेता कपिल भट्टलाई शुक्रबार राती नै महानगरीय प्रहरी परिसर काठमाण्डौ टेकुमा पुर्याइएको छ।  तर उनको गिरफ्तारीका बारेमा प्रहरीले केही बोलेको छैन। ,

यसभन्दा अघि पनि ने.क.पा. गोर्खाको तात्कालिन जिल्ला सेक्रेटरीका हैसियतमा गएको बैशाख २२ गते गोरखाबाट गिरफ्तारीमा परेका नेता भट्टलाई प्रहरीले बिभिन्न मुद्दा लगाउंदै कास्की, लमजुङ्ग, तनहुँ, पर्वत, बागलुङ्ग, स्याङ्गजा लगायतका जिल्ला पुर्याएको थियो।  करीब साढे चार महिना प्रहरी हिरासतको बसाइपछि पर्वत पुर्याइएको अवस्थामा गएको असोज ८ गते सर्बोच्च अदालतले निर्दोष साबित गर्दै हिरासतमुक्त भएका थिए।

प्रतिक्रिया