आफु सम्बद्ध बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका युवा बिजय अधिकारीलाई प्रहरीले काठमाण्डौबाट गिरफ्तार गरेको छ। पित्तको अपरेशनपश्चात डेरा कोठामा आराम गरिरहेका उनलाई प्रहरीले गएराती उनकै डेराकोठाबाट गिरफ्तार गरेको पारिवारिक श्रोतले जानाकारे दिएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको बताइएको छ।
बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटी जिल्ला कमिटि सदस्य एबम अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासङ्घका गण्डक ब्युरो संयोजक रहेका उनले तीन दिन अघि मात्र एक प्रेस विज्ञप्ति प्रकाशित गरी पाटी परित्याग गरेको घोषणा गरेका थिए।

पार्टी पंक्ति र संगठनमा निकै इमानदार र लोकप्रिय नेताका रूपमा छबि बनाएका युवा नेता अधिकारीले सोही विज्ञप्तिमार्फत अबको दिनहरुमा स्वतन्त्र रुपमा रही आफ्नो जिविकोपार्जनको काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। उनले आइतबार हस्तलिखित एक प्रेस बिज्ञप्ति जारी गर्दै आजैका मितिदेखि आफू पाटी र सङगठनको कुनैपनि जिम्मेवारीमा नरहेको जानकारी दिएका छन् ।
उनी पाटी निकटकै स्वास्थ्य तथा सरसफाइ सङगठनका केन्द्रीय संयोजक समेत रहेका थिए। उनी पुर्ब जनमुक्ति सेनाका प्लाटुन भिसी हुँदै दुई लाइन संघर्षमा बैद्य हुँदै बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय थिए।

पेट सम्बन्धि रोगबाट पीडित अधिकारीको छ महिनाको बिचमा दुई वटा सल्यक्रिया गरिएको परिवारिक स्रोतले जनाएको छ। शुरुमा एपेन्डिक्स र त्यसको लगत्तै तिहारको मुखमा पित्तको अपरेशन गरिएको बताइएको छ ।
लगातारको स्वास्थ समस्या र पारिवारिक तनाबको सामना गरिरहेकाअधिकारीले जनसंचार डट कमसंग कुरा गर्दै पार्टी प्रतिबन्धित भएको अवस्थामा शुरुमा पार्टीले सबै सहयोग गर्ने बचन दिए पनि खासै सहयोग नगरेको र आफुले आफन्तको घरमा शरणार्थीको रुपमा बसेर नियमित रुपमा स्वास्थ्य संस्थामा चेकजाँच गरिरहेको गुनासो गरेका थिए । उनले यही बिचमा आफुले पारिबारिक रुपमा चरम आर्थिक संकट व्यहोर्नु परेको तीतो यथार्थ व्यक्त गरेका थिए ।