न्याय माग्न पुगेकी युवतीलाई प्रचण्डनिवासबाट घिसारेर चोकमा लगि कुटपिट

न्याय माग्न पुगेकी युवतीलाई प्रचण्डनिवासबाट घिसारेर चोकमा लगि कुटपिट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ माघ २०७६
  • 9.7K
    Shares

प्रचण्ड निवासमा कुतिएकी युवती

काठमाडौं । बालुवाटार र शीतल निवासबाट केही पार नलागेपछि ‘न्याय चाहियो’ भन्दै खुमलटार पुगेकी युुवतीलाई ‘घिसारेर चोकमा पुर्‍याइयो र पिटपाट’ गरेर लखेटियो ।

उनले रुदै व्यथा सुनाइन्, ‘मेरो लागि लडिदिने कोही भएनन् ।’

घटना अस्ति सोमबार बिहानको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्ईबाट उनी सञ्चारमन्त्री भएकै बेला कार्यकक्षमै यौन दुव्र्यवहारमा परेको दावी गर्ने बालिका खड्का खुमलटारस्थित प्रचण्डनिवासमा यस्तो दुव्र्यवहारमा परेको भन्छिन् ।

त्यसअघि भृकुटीमण्डप नेर राष्ट्रिय सभागृहको हलमा पाँच दिनसम्म जारी पार्टी केन्द्रीय कमिटी बैठकको पाँचै दिन उनी त्यहाँ धर्ना बसेकी थिइन् । दुवै अध्यक्षसँग एकै पटक भेट्न पाउनुपर्ने माग गर्दै । तर, पाँचै दिन माग सुनवाई भएन । त्यसपछि बैठक सकिएकै दिन आइतबार दिउँसो गृह मन्त्रालय पुगिन् । मन्त्रीका प्रमुख सल्लाहकार सूर्य प्रकाश सुवेदीलाई भेटिन् ।

पथिकले पार्टीको मामिला मन्त्रालयबाट सुल्झिदैन । महासचिव विष्णु् पौडेललाई भट्नू भनी भैंसेपाटी पुगिन् ।

महासचिवले अध्यक्षलाई भेट्नू भनेर पठाए । बालिकाले भनिन्, ‘बालुवाटारका अध्यक्षलाई भेटन् जाँदा गेटबाटै लखट्छन् । खुमलटार गयो भने भेट्न पाइँदैन ।’ उनले भनिन् ।
जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया