सर्बोच्च अदालत अगाडिबाट प्रहरीद्वारा गिरफ्तार ने.क.पा.का तात्कालिन नारायणी ब्युरो सदस्य राई बेपत्ता !

सर्बोच्च अदालत अगाडिबाट प्रहरीद्वारा गिरफ्तार ने.क.पा.का तात्कालिन नारायणी ब्युरो सदस्य राई बेपत्ता !


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ माघ २०७६
  • 5.8K
    Shares

तीर्थबहादुर राई

सर्बोच्च अदालत गेटबाट गिरफ्तार गरिएका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको तात्कालिन नारायणी ब्युरो सदस्य तीर्थबहादुर राईलाई प्रहरीले बेपत्ता पारेको छ।

सर्बोच्च अदालतका माननीय न्यायाधीशद्वय हरिप्रसाद फुंयाल र अनिलकुमार सिन्हाको संयुक्त इजलाशले सोमबार उनलाई रिहा गर्न आदेश थियो।  सर्बोच्चको आदेशमा रिहा भएका उनलाई प्रहरीले अदालत गेटबाट गिरफ्तार गरेर लागेको थियो।  तर मंगलबारसम्म उनको अबस्थाका बारेमा प्रहरीले कुनै जानकारी नदिएको अधिवक्ता सन्तोष कोइरालाले जानकारी दिए।

गएको जेठ १० गते सिन्धुलीको डांडागुराँसेबाट गिरफ्तार गरिएका राइलाई प्रहरीले रामेछाप, दोलखा, सिन्धुपाल्चोक हुँदै काभ्रेस्थित प्रहरी कार्यालयहरुमा पुर्याएर विभिन्न मुद्दा लगाउंदै आएको थियो।  अन्तिम पटक पनि उनलाई सर्बोच्च अदालतले गएको माघ १४ गते हिरासतमुक्त गर्न आदेश दिएको भएपनि प्रहरीले फेरी गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय काभ्रे पुर्याएको थियो।

काभ्रे पुर्याइएका राईलाई प्रहरीले अभद्र ब्यबहार मुद्दा चलाएको थियो।  त्यसपछि उनका तर्फबाट गणेश राईले गैरकानुनी थुनामा राखिएको भन्दै उनका आफन्त गणेश राईले सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका थिए।  सो मुद्दामा सर्बोच्च अदालतले छाड्ने आदेश दिएको थियो।  उक्त मुद्दामा पिडितको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवाक्तात्रय कपिल चन्द्र पोख्रेल, भुवान्प्रसाद निरौला, गंदासागर खत्री, बालकृष्ण गैरे, निरकुमार राई, कान्तिराम ढुंगाना  र सन्तोष कोइरालाले बहस गरेका थिए।

तीर्थबहादुर राईको पक्षमा सर्बोच्च्द्वारा जारी आदेश
तीर्थबहादुर राईको पक्षमा सर्बोच्च्द्वारा जारी आदेश

प्रतिक्रिया