अछामको पन्चदेवल-विनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको छ ।
सोमबार राति १० बजे बिनायक नगरपालिका वडा नम्बर २ काँडागाउँस्थित घर जान हिंडेका वडाध्यक्ष धामी अलि टाढा गैरगाउँको एक गाई गोठमा मृत अवस्थामा भेटिएका थिए। राती अबेर घर जान हिडेका उनलाई परिवारले खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको बताइएको छ।
शरीरमा निल डाम रहेको र घर जान हिडेका धामीको मृत शरीर टाढा गोठमा भेटिएपछि हत्या गरेर लुकाएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । उनको किन र कसले हत्या गरेको हो भन्ने बारेमा आबस्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाकारी दिएको छ। धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा वडाध्यक्षमा निर्वाचित भएका थिए।