ने.क.पा.का नेताले उत्तर कोरिया र रसिया भ्रमण गरेको रहस्य खुल्यो

ने.क.पा.का नेताले उत्तर कोरिया र रसिया भ्रमण गरेको रहस्य खुल्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ माघ २०७६
  • 6.3K
    Shares

अर्जुन कटुवाल 

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालमा चलेको एकीकृत जनक्रान्तिको सहायोग र समर्थनका लागि आफ्ना प्रतिनिधिहरुलाई बिदेशमा पठाउने गरेको रहस्य खुलेको छ।

काठमाडौंको कलंकीबाट गिरफ्तार बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित जनगणतान्त्रिक सम्पर्क मंचका कोषाध्यक्ष अर्जुन कटुवालबाट यस्तो रहस्य खुलेको हो।

विप्लव नेतृत्वको एक जना केन्द्रीय नेता उत्तर कोरिया र रसिया गएको भेटिएपछि प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । सूचना संकलन, आतंकवाद र विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने प्रहरीको विशेष ब्युरोको नियन्त्रणमा रहेका केन्द्रीय जनसम्पर्क महासंघका कोषाध्यक्ष अर्जुन कटवालले विभिन्न मुलुकमा शंकास्पद भ्रमण गरेको भेटिएको हो ।

उनी कसरी र के प्रयोजनका लागि ती मुलुकसम्म पुगे भन्ने खुलेको छैन । वैदेशिक भ्रमणमा कटवालको सम्पर्क सूत्रबारे खोजी भइरहेको प्रहरीले बतायो ।

ब्युरोका एक अधिकृतका अनुसार सिन्धुली घर भएका कटवाल पछिल्लो समय चन्द्रागिरि नगरपालिका, बलम्बुमा बस्दै आएका थिए । उनले बिप्लव नेतृत्वको ने.क.पा.का नेता तथा कार्यकर्तालाई आर्थिक संकलन गरेर दिने गरेको आरोप प्रहरीले लगाएको छ।  उनको साथबाट रसिदहरु पनि बरामद भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया