चन्द्रागिरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत र सवारी चालक एक लाख घुससहित पक्राउ

चन्द्रागिरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत र सवारी चालक एक लाख घुससहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ माघ २०७६
  • 7.6K
    Shares

प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र सवारी चालक संचित दुलाललाई एक लाख घुस रकमसहित आइतबार पक्राउ गरेको छ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको आयोगको टोलीले पौडेल र चालक दुलाललाई काठमाण्डौको वलम्बुस्थित च्याउ सहकारी अगाडि जाँदै गर्दा पक्राउ गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस माग गरेको भन्ने सूचना आयोगले पाएको थियो। सोही सूचनाका आधारमा अनुसन्धान गर्दा टंगालबाट खटिएको आयोगको टोलीले पौडेल र चालक दुलाललाई पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।

आयोगले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया