बिप्लव नेकपा कास्कीका इमान्दार युवा नेता बिजय अधिकारीद्वारा पार्टी परित्यागको घोषणा

बिप्लव नेकपा कास्कीका इमान्दार युवा नेता बिजय अधिकारीद्वारा पार्टी परित्यागको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० माघ २०७६
  • 10.7K
    Shares

बिजय अधिकारी

बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटीमा इमान्दार युवा नेताको ख्याति कमाएका पार्टीको जिल्ला कमिटि सदस्य एबम अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासङ्घका गण्डक ब्युरो संयोजक बिजय अधिकारीले पाटी परित्याग गरेको घोषण गरेका छन।

उनले आइतबार हस्तलिखित एक प्रेस बिज्ञप्ति जारी गर्दै आजैका मितिदेखि आफू पाटी र सङगठनको कुनैपनि जिम्मेवारीमा नरहेको जानकारी दिएका छन् । उनी पाटी निकटकै स्वास्थ्य तथा सरसफाइ सङगठनका केन्द्रीय संयोजक समेत रहेका थिए। उनी पुर्ब जनमुक्ति सेनाका प्लाटुन भिसी हुँदै दुई लाइन संघर्षमा बैद्य हुँदै बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय थिए।

पेट सम्बन्धि रोगबाट पीडित अधिकारीको छ महिनाको बिचमा दुई वटा सल्यक्रिया गरिएको परिवारिक स्रोतले जनाएको छ। शुरुमा एपेन्डिक्स र त्यसको लगत्तै तिहारको मुखमा पित्तको अपरेशन गरिएको बताइएको छ ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटिमाथि सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीको नजरमा तारो बन्दै आएका नेता अधिकारीले लगातारको स्वास्थ समस्या र पारिवारिक तनाबको सामना गरिरहेका थिए।

उनले जनसंचार डट कमसंग कुरा गर्दै पार्टी प्रतिबन्धित भएको अवस्थामा शुरुमा पार्टीले सबै सहयोग गर्ने बचन दिए पनि खासै सहयोग नगरेको र आफुले आफन्तको घरमा शरणार्थीको रुपमा बसेर नियमित रुपमा स्वास्थ्य संस्थामा चेकजाँच गरिरहेको गुनासो गरेका छन्। उनले यही बिचमा आफुले पारिबारिक रुपमा चरम आर्थिक संकट व्यहोर्नु परेको तीतो यथार्थ व्यक्त गरे।

पार्टी पंक्ति र संगठनमा निकै इमानदार र लोकप्रिय नेताका रूपमा छबि बनाएका युवा नेता अधिकारीले अबको दिनहरुमा स्वतन्त्र रुपमा रही आफ्नो जिविकोपार्जनको काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।

युवा नेता बिजय अधिकारीद्वारा जारी प्रेस बिज्ञप्ति

प्रतिक्रिया