स्ववियु चुनाव सम्बन्धमा संगठनले अगाडि सारेका दुईबुँदे मागपत्र बुझाउन गएका अनेरास्ववियु (क्रान्तिकारी) का तीन नेतालाई प्रहरीले त्रिचन्द्र क्याम्पसबाट शुक्रबार गिरफ्तार गरेको छ । प्रहरीको गिरग्तारीमा परेका बिद्यार्थी नेताहरुमा रञ्जन लिम्बु, सपना मगर र सदल राई रहेको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले जनाएको छ ।
स्ववियु चुनावमा भाग लिने वातावरणको माग राख्दै ज्ञापनपत्र बुझाउन त्रिचन्द्र क्याम्पस प्रमुखको कार्यकक्ष पुगेका उनीहरुलाई क्याम्पस प्रमुखको कार्यकक्षबाटै गिरफ्तार गरेको हो।
उक्त गिरफ्तारीप्रति अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला काठमाडौँकी अध्यक्ष तारा संज्यालले विज्ञप्ति प्रकाशित गरेर खेद प्रकट गर्दै रिहाईको माग गरेकी छिन । उनले आफ्नो संगठनलाई बाहिरै राखेर जबरजस्त स्ववियु चुनाव गराए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि सोही बिज्ञप्तिमार्फत दिएकी छन् ।
स्ववियु चनुावमा भाग लिने वातावरण निर्माणको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरुमा माग पत्र बुझाइरहेको छ ।