एनसेलको मुख्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपबाट नेता सुदर्शनले पाए सफाई

एनसेलको मुख्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपबाट नेता सुदर्शनले पाए सफाई


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ माघ २०७६
  • 4.9K
    Shares

हेमन्तप्रकाश ओली ‘सुदर्शन’

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले एनसेलको मुख्यालयमा भएको बम विस्फोटको घटनामा संलग्नता रहेको आरोपबाट सफाई पाएका छन् । उनलाई पाटन उच्च अदालतका माननीय मुख्य न्यायाधीश नहकुल सुवेदी र माननीय न्यायाधीश श्रीकान्त पौडेलको विहीबारको संयुक्त इजलाशले निर्दोष रहेको फैसला गर्दै सफाई दिएको हो । तर, हातहतियार तथा खरखजाना मुद्दामा उनलाई अनुसन्धानका लागि थुनामा राख्ने आदेशलाई भने सदर गरेको छ ।

राज्यलाई कर छलि गरेको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एन्सेलका टावरमाथि बम बिस्फोट र आअग्जनी गर्दै आएको छ।  यसै सन्दर्भमा एनसेलको मुख्यालयमा २०७५ फागुन १० गते विस्फोट भएको थियो । उक्त घटनामा दोषी ठहर गर्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका नेता सुदर्शनसहितका नेताहरुलाई चैत्र ९ गते गिरफ्तार गरेको थियो ।

एनसेलमा भएको विस्फोट र हातहतियार मुद्दामा ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि बैशाख ९ गते नख्खु कारागार चलान गरेको थियो । त्यसैगरी सूर्य भुजेल, दोर्जी शेर्पा, डिकेन्द्र राई, शिव धिमाल र बुद्ध बहादुर सिंतानको विस्फोटक पदार्थ सम्बन्धी मुद्दा पनि उच्च अदालतले सदर गरेको छ ।

ललितपुर जिल्ला अदालतको आदेश बदर गरिपाउँ भन्दै परेको रिट निवेदक तर्फबाट वरिष्ठ अधिबक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचनद्र पोखरेल, सन्तोष कोइराला, कान्तिराम ढुंगाना, रामकृष्ण भण्डारी, खिमानन्द अधिकारीले बहस गरेका थिए ।

प्रतिक्रिया