पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव हस्त गर्बुजामगरको दम्पत्ति गएराती ललितपुरकाे फिट एण्ड फाइन जिमखानामा मृत भेटिएका छन्। त्यस जिमखानास्थित साउनामा वाफ लिन गएका उनीहरु मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार, ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका ४० वर्षीय हस्त गुबार्जा मगर र ३७ वर्षीय उनकी धर्मपत्नी नेत्रकुमारीर गएराती ललितपुरकाे फिट एण्ड फाइन जिमखानामा वाफ लिन गएका थिए। साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि खोजखबर हुँदा उनीहरू भित्रै बेहोस भेटिएका थिए ।
अचेत अवस्थामै उनीहरूलाई पाटन अस्पतालमा लगिएको थियो । त्यहीँ उनीहरूलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । उनीहरुले साउनामा बाफ लिने क्रममा निस्सासिएर मृत्यु भएको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।