गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा बालकको हात भाँचियो

गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा बालकको हात भाँचियो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ माघ २०७६
  • 4.4K
    Shares

ऋतिक यादव

गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा १३ वर्षीय एक बालकको हात भाँचिएको छ। सिरहाको मिर्चेया नगरपालिका वडा नम्बर ६ स्थित स्वस्तिक पाठशालाको छात्रावासमा रहेर कक्षा ६ मा अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो ।

नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै आइतबार लट्ठीले कुट्दा उनको हात भाँचिएको बालकका बुवा बसन्त यादवले जानकारी दिए।  ऋतिकको उपचार उनकै परिवारले गराएको छ । अहिले ऋतिक घरमा नै आराम गरिरहेको छ ।

ऋतिकका बुबा बसन्तले आफ्ना छोरालाई कुट्ने शिक्षकविरुद्व प्रहरीमा जाहेरी दिने बताएका छन् ।

प्रतिक्रिया