पोखरामा नेपालमा नै पहिलो पटक बृहत विज्ञान प्रर्दशनीको तयारी

पोखरामा नेपालमा नै पहिलो पटक बृहत विज्ञान प्रर्दशनीको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ माघ २०७६
  • 4.3K
    Shares

सिमुलेसन साईन्स सेन्टर,भैंसेपाटी ललितपुरले नेपालमा नै पहिलो पटक बृहत विज्ञान प्रर्दशनी यहि माघ १५ गते देखि २९ गतेसम्म पोखरा सभागृहमा आयोजना हुने भएको हो ।

आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिमुलेसन साईन्स सेन्टरकी निर्देशक प्रतिक्षा थापाले प्रदर्शनीबाट बालबालिकाहरुलाई उच्च प्रविधिका प्रणाली र अन्तरक्रियात्मक अनुभव प्रदान गर्नुका साथै उनीहरुलाई भविष्यमा विज्ञानमा उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ प्रदर्शनी गर्न लागेको बताईन् ।

उक्त प्रदर्शनीमा विद्याथीहरुले रोबोटिक,फिजिक्स,बायोलोजी,एस्टोनोमी जीयोलोजी,भि आर पद्धतीसँग सम्बन्धित प्रयोगमा प्रत्यक्ष सहभागी भएर अनुभव गर्न पाउने छन्।  साथै प्रर्दशनमा इञ्जिनियर तथा यान्त्रिक विज्ञान,भौतिकशास्त्र, रोबोटिकका विज्ञद्धारा सञ्चालन हुने भएकाले प्रदर्शनीले भविष्यमा विज्ञान तथा प्रविधी शाखाहरका लागि नयाँ आयाम दिने कुरामा आयोजक पुर्ण विश्वस्त रहेको उनले बताईन् ।

प्रदर्शनीमा सौर्यमण्डल,तारा नक्षय बास्तवमा ब्राह्मण्डको व्यापक अध्ययनलाई भि आर पद्दतिबाट सजिलो र सरल तरिकाले विद्यार्थीलाई बुझाउन २ हजार भन्दाबढी कार्यक्रम समावेश गरिएको छ ।

नेपालमा विज्ञानसम्बधी पाठ्यक्रममा हाल अध्ययन हुदँ आएको कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको पाठ्यपुस्तकमा आधारित विज्ञान,ज्ञान र सिपलाई मध्यनजर राख्दै विद्यार्थीलाई कक्षामा पढाएको विषयबस्तु बेग्लै प्रत्यक्ष अवलोकन गराउने पद्दतिलाई सिमलेसन साइन्स सेन्टरले नयाँ आयाम थप गरेको आयोजकले बताए ।

गणित र विज्ञानको समिश्रणबाट विद्यार्थीले गणित र विज्ञानको संयोजनद्धारा इञ्जिनियरिङ क्षेत्रमा हालसम्म भएका र भविष्यमा यस क्षेत्रलाई व्यापक बनाउने पद्दति जसबाट विद्यार्थीले गणित विज्ञानको संयोजनद्धारा इञ्जिनियरिङ क्षेत्रमा पुर्‍याउन सक्ने सार्थकतालाई टेवा दिन सक्ने सिपमुलक, प्रयोगात्मक र विवेचना छलफलबाट ज्ञान दिनु नै मुख्य उद्देश्य रहेको आयोजकले बताए ।

प्रतिक्रिया